कोठा भित्र उतानो अवस्थामा घाँटीमा सानो डोरीको डाम रहेको शव फेला !

Leaderboard Banner
सांकेतिक तस्विर

बनेपा, काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–६ बस्ने २५ वर्षीया सरिता दाहाल (दुलाल)लाई प्रहरीले मृतावस्थामा फेला पारेको छ । मृतावस्थामा फेला पारेपछि घरपरिवारका सदस्यलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार घटनाका बारेमा जानकारी पाउने बित्तिकै घटनास्थल पुगेको प्रहरी टोलीले दुलाललाई हिजो दिउँसो घरको कोठामा नै मृतावस्थामा फेला पारेको हो । उनको घाँटीमा सानो डोरीको डाम बसेको, उतानो अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

मृतकका श्रीमान् सन्दीप दुलालले गाँजा चुरोट सेवन गर्ने गरेका र छ महीनासम्म सुधार केन्द्रमा राखेर डेढ महीना अगाडि मात्रै घर ल्याइएको प्रहरीले जनाएको छ ।

घटनापछि फरार रहेका दुलाललाई मदनदेउपुर नगरपालिका–२ बालुवापाटीबाट आज बिहान पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित : शनिबार, बैशाख १४, २०७६०६:०५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

काठमाडौँ आउंदै गरेको कन्टेनर दुर्घटना !