कुन राशिको भाग्य कुन उमेरमा चम्किन्छ?जान्नुहोस् राशी अनुसार विस्तृतमा !

एजेन्सी – यदि तपाईलाई ज्योतिष विज्ञानमा विश्वास गर्नुहुन्छ भने फरक-फरक राशीका मानिसहरूको भाग्य फरक-फरक उमेरमा नै चम्किन्छ । तपाईको जीवनमा आमुल परिवर्तन गरिदिने महत्वपूर्ण कामहरू कुन वर्ष अथवा भनौं कुन उमेरमा बन्छन् भन्ने जान्नुहोस् ।

आफ्नो राशी अनुसार थाहापाउनुहोस् तपाइँको भाग्य चम्कने समय/समय  

मेष राशी हुने : चू, चे, चो, ला, ली, लू, ले, लो, अ, अक्षरबाट नाम सुरु हुने मानिसहरूको राशी मेष हुने छ । यो राशी हुने मानिसको जीवनमा १९, २२, २३, र २८ वर्षको उमेर महत्वपूर्ण कामहरु हुने ज्योतिष विज्ञानले बताउँछ ।

वृष राशी हुने : ई, उ, ए, ओ, वा, वी, वू, वे, वो अक्षरबाट नाम सुरु हुने मानिसहरूको जीवनमा २०, २२, २४ र ३१ वर्षको उमेरमा महत्वपूर्ण उतारचढाव आउने गर्दछ।

मिथुन राशी हुने : का, की, कू, घ, ङ, छ, के, को, ह अक्षरबाट ना सुरू हुनेहरुको भाग्य १८, २१, ३०, र ३९ वर्षको उमेरमा चम्किन्छ ।

कर्कट राशी हुने : ही, हू, हे, हो, डा, डी, डु, डे, डो अक्षरबाट नाम सुरु हुने मानिसहरुको १३, २२, र ३१ वर्षको उमेर महत्वपूर्ण हुने गर्दछ ।

सिंह राशी हुने : मा, मी, मू, मे, मो, टा, टी, टू, टे अक्षरबाट नाम सुरू हुनेहरुलाई २३, ३२, ४२, र ५० वर्षको उमेरमा धन, पद-प्रतिष्ठा प्राप्त हुने गर्दछ ।

कन्या राशी हुने : ढो, प, पी, पू, ष, ण, ठ, पे, पो अक्षरबाट नाम सुरु हुने मानिसहरुको १५, १८, २४, र ३३ वर्ष निकै नै उपलब्धी पूर्ण हुने गर्छ ।

तुला राशी हुने : र, री, रू, रे, रो, ता, ति, तू, ते अक्षरबाट नाम सुरु हुने मानिसहरुको जीवन १६, २५, र ३४ वर्षमा बदलिन्छ ।

वृश्चिक राशी हुने : तो, न, नी, नू, ने, नो, या, यि, यू अक्षरबाट नाम सुरू हुनेहरुले १७, २६, २८ वर्षमा सफलता प्राप्त गर्दछन् ।

धनु राशी हुने : य, यो, भा, भि, भू, ध, फा, ढ, भे अक्षरबाट नाम भएकाहरूको जीवनमा १८, २७, ३०, र ३६ वर्षमा अकल्पनिय सफलता प्राप्त हुने गर्दछ ।

मंकर राशी हुने : भो, जा, जी, खी, खू, खे, खो, गा, गी अक्षरबाट नाम सुरु हुने मानिसहरूले २४ र २५ वर्षको उमेरमा सफलता हासिल गर्ने गर्छन् ।

कुम्भ राशी हुने : गू, गे, गो, स, सी, सू, से, सो, द अक्षरहरूबाट नाम सुरू हुनेहरूको जीवनमा ३० र ३५ वर्ष भाग्य चम्किने र ठूला ठूला कार्यमा पनि सफलता प्राप्त हुने गर्दछ ।

मीन राशी हुने : दी, दू, थ, झ, ञ, दे, दो, च, ची अक्षरबाट नाम सुरू हुने मानिसहरूको राशी कुम्भ हुन्छ। यो राशी हुने मानिसहरुको  खासगरि  २१, ३०, ३३, र ३९ वर्षको उमेर भाग्यको उदय हुने गर्दछ  ।

प्रकाशित : शुक्रबार, जेठ ०९, २०७७१३:२३

कुन महिना जन्मने महिला कस्ता हुन्छन् ? ज्योतिषशास्त्रले खोल्यो रहस्य ! हेर्नुहोस् !