‘राजतन्त्र विदा गरेका नेपाली नागरिकलाई ‘रानी’ बोक्ने कुनै रहर छैन’

Leaderboard Banner

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ‘मेरो सरकार’ उच्चारण गरेपछि चौतर्फी विरोध भएको छ।

करिब ४ बजेदेखि सुरु भएको संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पेश गरेको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति भण्डारीले ‘मेरो सरकार’ नै उच्चारण गरेपछि सामाजिक संजालमा आलोचना सुरु भएको हो।

गत वर्ष सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा “यस सरकार” भनिएकोमा राष्ट्रपति भण्डारीले यस वर्ष “मेरो सरकार” नै उच्चारण गरेपछि राजतन्त्रको झल्को आएको भन्दै चौतर्फी आलोचना सहितको प्रतिक्रिया देखिएको हो।प्रधानमन्त्री ओलीले राष्ट्रपति समक्ष पेश गरेको नीति तथा कार्यक्रममा ‘मेरो सरकार’ भनेर प्रस्तुत गर्नु गलत भएको टिकाटिप्पणी आएका हुन्।

यसैबीच राष्ट्रपति ‘मेरो सरकार’ भन्दा उच्चारण गरेको प्रति नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पनि चरम असन्तुष्टि व्यक्त गरेका छन्। शुक्रबार साँझ ट्विट गर्दै शर्माले देशमा नेपाली जनताले बनाएको नेपाल सरकार छ की राष्ट्रपतिको सरकार छ भन्दै प्रधानमन्त्री समक्ष प्रश्न गरेका छन्।

एक समयमा राजाले `मेरो सरकार´ भन्दै सम्बोधन गर्ने गरेको स्मरण गर्दै राष्टपतिले `मेरो सरकार´ भन्न पाउने व्यवस्था संविधानले कतै दिएको छ भन्दै प्रश्न पनि गरेका छन्।

‘श्री ५ को सरकार’ कै शैलीमा राष्ट्रपतिले सम्बोधन गर्नुलाई उनले ट्विट मार्फत आलोचना गर्दै शर्मा लेख्छन्,-

सम्माननिय प्रधानमन्त्रीज्यू,मेरो देशमा नेपाली जनताले बनाएको नेपाल सरकार छ की राष्ट्रपतिको सरकार ?

कुनै बेला `श्री ५ को´ सरकार थियोे, राजाले `मेरो सरकार´ भनेर सम्बोधन गर्थे l आज राष्ट्रपतिले उहि शैलीमा भन्न मिल्ने हाम्रो संविधानको कुन धारामा ब्यवस्था छ ?

 

प्रकाशित : शुक्रबार, बैशाख २०, २०७६१३:३२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

‘नीति तथा कार्यक्रम ईतिहासकै लामो, खोक्रो नारा र प्रचारबाहेक केही छैन्’ – पूर्व अर्थमन्त्री डा. रामशरण