३ सय किलो वजन भएकी महिलाले ४ वर्षमा घटाईन २१४ किलो तौल !

Leaderboard Banner

एजेन्सी , भारतकी ४२ बर्षीया अमिता राजानी नाम गरेकी एक महिलाले ४ बर्षमा ठुलो मेहनत गरेर आफ्नो ३०० किलोको तौल घटाएर ८६ किलोमा झारेकी छिन।  उनि जन्मदा आम बच्चा जस्तै सामान्य थिइन् उनको जन्मदाको तौल मात्र ३ किलो थियो।  तर बढ्दो उमेर संगै उनको शारीरिक तौल असामान्य रुपमा बढ्दै गए पछि उनले मानसिक तनाव खेप्दै आएकी थिइन्।

अमिता १६ बर्षको हुदा उनको तौल १२६ किलो थियो।  जुन शारीरिकतौल देखेर उनलाई त्यतिबेला निकै नै आत्मग्लानी हुन्थ्यो रे।  उनको मोटोपनको कारण भारत तथा युकेका प्रमुख डाक्टरले  समेत पत्ता लगाउन सकेन।  त्यस पश्चात लीलावती अस्पताल र हिंदुजा हेल्थकेयर सर्जिकल अस्पतालमा कार्यरत डा . शशांक शाहले अमितालाई मार्बिड ओबेसिटीको समस्या भएको र अन्य थुप्रै स्वास्थ्य सम्बन्धी रोगहरु लागेको कुरा पत्ता लगाए। अत्यधिक मोटोपनको कारणले गर्दा कोलेस्टरेल , मधुमेह , निमोनिया , मृगौला सम्बन्धी रोग , मानसिक तनाव जस्ता विभिन्न समस्या अमिता बिगत लामो समयदेखि गुज्रिरहेकी थिइन्।

अमिताको वजन घटाउनका लागि २ चरणमा सर्जरी गराईएको थियो।  पहिले मेटाबोलिक सर्जरी गराए पछि उनको शरीरमा सुधार आउदै गएपछि दोस्रो पटकको सर्जरीमा उनको ग्यास्ट्रिक बाइपास गरिएको हो। उक्त समयमा अमिताको शारीरिक तौल ३०० केजी बाट घटेर १४० पुगेको थियो। अन्तत हाल सम्म आइपुग विभिन्न सर्जरी र शारीरिक ब्यायामले गर्दा उनले ३०० बाट आफ्नो शरीरको २१४ किलो वजन घटाई ८६ किलोमा आएकी हुन्।

 

प्रकाशित : बिहिबार, बैशाख २६, २०७६०६:५५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस्तो रामनामी सम्प्रदाय जसले भगवान रामका लागि गर्छन यति सम्म त्याग !