देवताको प्रतिक सुपारी यसरी प्रयोग गर्दा हुनेछ नसोचेको लाभ, भुलेर पनि नगर्नुहोस यस्तो गल्ति!

Leaderboard Banner

हरेक धार्मिक कार्यको शुभारम्भ गर्दा सुपारीको प्रयोग बिशेष तरिकाले गर्ने गरिन्छ।  सुपारीलाई धार्मिक मान्यता अनुसार भगवान गणेशको रुपमा मान्ने चलन छ । सोहि कारणले गर्दा भगवान गणेशको पुजा नगरी कुनै पनि कार्य सफल नहुने जनविश्वास  रहेकाले नै धार्मिक कार्यमा सुपारीको छुट्टै महत्व रहेको छ । मान्यता अनुसार सुपारीमा जीवित देवताको खास स्वरुप हुन्छ, सोहिअनुसार सुपारीमा समस्त देबी देवताको वास हुने भएकाले पुजाको समयमा भगवानको प्रतिमा स्वरुप सुपारीको प्रयोग गर्ने गरिएको हो।

देवताको प्रत्यक्ष स्थान सम्झेर सुपारी राखेर ब्राह्मण आहवान  गर्ने साथै बिशेष पुजा कार्यको सम्पन्न गर्ने गरिन्छ । सुपारीमा ब्रह्मा, यम देव, इन्द्र देव आदि देवताको बास हुन्छ । सुपारीमा केहि नकारात्मक ग्रहको प्रतिनिधित्व गर्ने गुण समेत हुने भएकाले यसलाई ग्रहशान्तिको पुजाको लागि प्रयोग गर्ने गरिन्छ । जुन उद्देश्यले पुजाकार्य गरिन्छ, यसलाई पुज्नाले केतु , सुर्य , मंगल जस्ता ग्रहको शान्ति हुन्छ । पुजाको समयमा मुख्य वस्तुको अभावमा सुपारी राखी पुजा कार्यलाई सम्पन्न गर्ने गरिन्छ ।

पुजाकार्यमा सुपारीको प्रयोग गर्ने गर्नाले जीवनमा आइपरेको सम्पूर्ण दुख , कष्ट समेत नाश हुने मान्यता रहिआएको छ।सुपारीलाई पुजामा प्रयोग गरिसकेपश्चात काम सकियो भनेर जथाभावी रुपमा फाल्ने, बच्चालाई खेल्न दिने भने गर्नु हुदैन अन्यथा यसले घरमा अनेक किसिमका समस्या उत्पन्न हुन सक्छ। यसलाई विशेष स्थानमा सुरक्षित साथ राख्न अत्यावश्यक छ । अझै भन्ने हो भने सुपारीलाई पुजा गर्ने ठाउँमा  राख्नाले घरमा सुख , समृद्धि हुनका साथै धनको अभाव समेत नहुने भनिएको छ । पुजा गरिसकेको सुपारीलाई भुलेर पनि खाने गर्नुहुन्न, यसो गर्नाले  जीवनमा निकै धेरै दुख कष्ट आउछ। सो पुजा गरिएको सुपारीलाई कुनै पुजारी या कुटुम्बलाइ  केहि दक्षिणाको साथमा दान गर्न सकिन्छ । यदि त्यसो गर्न सकिदैन भने कुनै मन्दिरमा लगेर चढाउनु  अत्यन्तै उत्तम उपाय हो।

प्रकाशित : बिहिबार, बैशाख २६, २०७६१०:२३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

घरमा भुलेर पनि नराख्नुस यी सामाग्रीहरु, अन्यथा हुने छैन लक्ष्मीको वास !