यी फल -सब्जि जसको बोक्रामा हुन्छ अत्यधिक पोषक तत्व, जान्नुहोस यसको फाइदाको बारेमा

Leaderboard Banner

फलफुल तथा सागसब्जीको प्रयोग गरिसके पछि त्यसको बोक्रा हामी बेकाम सम्झेर फाल्ने गर्छौं । तर के तपाईलाई थाहा छ फलफुल तथा सब्जीमा जति  पौष्टिक तत्व हुन्छ बोक्रामा पनि उति नै मात्रामा शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व प्राप्त हुन्छ। त्यसैले कुनै पनि फलफूलको प्रयोग गरे पश्चात त्यसको बोक्रा झुक्किएर पनि नफाल्नुहोस्।आज हामी तपाईलाई यस्तो फलफुलको बारेमा बताउन जादैछौं जसको बोक्रा स्वास्थ्यका लागि अति नै उपयोगी रहेको छ, आउनुहोस कुनकुन फलको बोक्रा स्वास्थ्यको लागि प्रभावकारी छ त जानिराखौं ;

स्याउको बोक्रा  

भिटामिन तथा मिनरल तत्वको लागि स्याउलाई महत्वपुर्ण फलको रुपमा लिइन्छ। स्याउको बोक्रामा स्याउमा जति नै पोषक तत्व पाइन्छ। यसको बोक्रामा घुलनशील फाइबर पाइन्छ जसले कोलेस्टोरेल तथा मधुमेह नियन्त्रण गर्नमा अहम भूमीका निर्वाह गर्दछ।

गाजरको बोक्रा

गाजरको बोक्रामा भित्री भागमा भन्दा बढी पौष्टिक तत्व पाइन्छ। बैज्ञानिकका अनुसार गाजरको बोक्रामा भिटामिन बि ६ , सी , ए साथै लवण , म्याग्नेसियम पोटासियम जस्ता तत्व पाइन्छ। यसको बोक्रामा पोषक तत्व मात्र नभई फाइटो-न्‍यूट्रिएंट्स पनि प्रसस्त मात्रामा पाइन्छ। जसले क्यान्सर तथा अन्य रोग प्रतिरक्षा प्रणालीसंग लड्ने क्षमता राख्दछ। यसका अलावा यसमा बिटा कैरोटिनको मात्रा पनि पाइन्छ जसले आँखा सम्बन्धी समस्यालाई कम गर्न मदत गर्दछ।

आलुको बोक्रा 

आलु सबैको लोकप्रिय तरकारी हो। आलुको बोक्रामा आलुमा  भन्दा पनि बढी पौष्टिक तत्व पाइन्छ। आलुको बोक्रामा क्याल्सियम ,भिटामिन बि कम्प्लेक्स, भिटामिन सी , आइरन जस्ता तत्व पाइन्छ। आलुको बोक्रामा पाइने भिटामिन ए ले रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि गर्न सहयोग गर्दछ साथै यो आँखाका लागि पनि फाइदाजनक रहेको छ।  त्यसैले आलुलाई प्रयोग गर्दा सकेसम्म यसको बोक्रा सहित प्रयोग गर्नुलाई लाभदाय मानिन्छ।

केराको बोक्रा 

हामीले केरा खाइसके पछि त्यसको बोक्रालाई  काम नलाग्ने सम्झिएर फाल्ने गर्छौं।  तर के तपाईलाई थाहा छ केराको बोक्रामा पनि शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व प्रसस्त मात्रामा पाइन्छ नि।  केराको बोक्रामा भिटामिन ए को मात्रा रहेको हुन्छ जसले शरीरमा  रोग संग लड्ने क्षमता राख्दछ। साथै केराको बोक्रामा पाइने लुटीन तत्वले आँखामा मोतिबिन्दु हुनबाट बचाउछ।  यसका अलावा यसमा एन्टी अक्सिडेन्ट साथै भिटामिन बि र भिटामिन बि ६ को मात्रा रहेको हुन्छ।

भन्टाको बोक्रा

भन्टाको बोक्रामा पनि पर्याप्त मात्रामा पौष्टिक तत्व रहेको हुन्छ। यसमा रहेको एंटीऑक्सिडेंटले मष्तिस्कको क्यान्सर हुनबाट बचाउछ। साथै यसले उमेर नै नपुगी छाला चाउरिने समस्याबाट समेत छुटकारा दिलाउछ। भन्टामा पाइने फाइबरले शरीरको कोशिकाको रक्षा गर्नमा मदत गर्छ ।

काँक्रोको बोक्रा

काँक्रोको बोक्राकको सेवनले क्याल्सियम , फस्फोरस , म्याग्नेसियम , पोटासियम , भिटामिन ए तथा भिटामिन के प्राप्त हुन्छ जसले शरीरमा प्रोटिनको मात्रा नियन्त्रण गर्न मदत गर्दछ। यसका साथै काँक्रोको बोक्रामा पाइने फाइबर र एंटीऑक्सीडेंट्सले पाचन प्रणालीमा सुधार गर्नुका साथै यसले त्वाचाको सुरक्षा गर्नमा पनि अहम भूमिका निर्वाह गर्दछ।

 

प्रकाशित : बिहिबार, जेठ ०२, २०७६०६:४६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मधुमेहका लागि अति नै उपयोगी छन यी पेय पदार्थहरु , हेर्नुहोस !