कोरोना भाइरस दुई हप्ता भित्र नियन्त्रण गरिसक्ने दावी !

काठमाडौँ – स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले १५ दिनभित्र नेपाललाई कोरोनामुक्त बनाइने दावी गरेका छन्।

शनिबार बिहान एक निजी रेडियोसंग कुराकानी गर्दै उनले नेपालमा उपलब्ध सम्पूर्ण स्वास्थ्य जनशक्तिको प्रयोग गरेर १५ दिनभित्र नेपाललाई कोरोना भाइरसको संक्रमणबाट मुक्त गराउने दावी गरेका हुन्।

आगामी दुई साता कोरोना परिक्षणको कार्यलाई तिब्र बनाएर देशलाई कोरोना मुक्त गराउने उनले स्पष्ट पारे। कोरोना भाइरस विरुद्ध सेवा निबृत चिकित्सक तथा छात्रबृतिमा रहेको चिकित्सकको समेत सहयोग लिइने उनको भनाई छ।

स्वास्थ्य मन्त्रालयले परिक्षणको दायरा बढाएर ३७ सयको परिक्षण गरिसकेको र आउने दिनमा यो क्रमलाई तिब्र पारिने पनि उनले बताए। कोरोना भाइरस संक्रमणका लागि आवश्यक हुने टेस्ट किटहरु जिल्ला-जिल्लामा पुर्याइसकिएको र हालका लागि उक्त परिमाण पर्याप्त रहेको उनको भनाई छ।

“अबको दुई हप्तामा हामी आक्रमक काम गर्छौ । टेस्टका लागि आवस्यक किट सवै जिल्लामा पुर्याएका छौँ । अहिलेलाई पर्याप्त छ । अरु मगाएका छौ । स्वास्थ्य मन्त्रालयले पठाएका सामाग्री र त्यहाँको स्वास्थ्य अवस्था बुझ्नका ३ जनाको टोली हरेक प्रदेशमा पठाएको उनिहरुले हेर्छन र रिपोर्ट पठाउँछन् ।”,उनले भने।

प्रकाशित : शनिबार, चैत २९, २०७६०५:२३

टेकु अस्पतालमा रहेका दुई कोरोना संक्रमित केहि दिनमै डिस्चार्ज हुने !