दुई वटा गाडी रिजर्भ गरेर सुर्खेतको गाउँपालिकाले गर्यो झापा-मोरङबाट आफ्ना नागरिकको उद्धार !

काठमाडौँ – आफ्नो स्थायी घर सम्म पुग्न देशक विभिन्न ठाउँहरुबाट पैदल यात्रा तय गरिरहेका बेला सुर्खेतको एक स्थानीय निकायले आफ्ना नागरिकहरुको उद्धार गरेको छ।

सुर्खेतको चौकुने गाउँपालिकाले लकडाउन कारण घर आउन नपाएका आफ्ना नागरिकहरूलाई उद्दार गरेको हो। रोजगारीका लागे भारतमा रहेका आफ्ना गाउँपालिकाका नागरिकहरुलाई झापा तथा मोरङबाट उद्धार गरी घर पुर्याएको हो।

चौकुने गाउँपालिकाले आफ्नो गाउँपालिका सहित अन्य क्षेत्रका ३१ जना नागरिकलाई झापा र मोरङबाट उद्दार गरेको बताइएको छ। उद्धार गरिएकाहरु भारतको बिहारमा काम गर्दै एक थिए।

उद्धार गरिएकाहरुमा २० जना चौकुने गाउँपालिकाका छन् भने बाँकी आठबिस नगरपालिकाका दैलेखका २ जना, पञ्चपुरी नगरपालिका सुर्खेतका १ जना, कैलालीका ६ जना, जाजरकोटका २ जना रहेका छन्।

चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीका अनुसार उनीहरुको उद्धारको लागि दुई वटा गाडी रिजर्भ गरी झापा र मोरङ पठाइएको थियो। भारतबाट झापा तथा मोरङ आएर त्यहाँ लकडाउनका कारण अड्किएका कारण उनीहरुको उद्धार गरिएको उनको भनाई छ।

झापा तथा मोरङमै १८ दिनसम्म क्वारेन्टिनमा राखेर कोरोना परिक्षण नेगेटिभ आएपछि गाउँपालिकाकै खर्चमा उद्धार गरी ल्याइएको उनले बताए।

प्रकाशित : शुक्रबार, बैशाख ०५, २०७७११:२६

पाँचखालबाट रोल्पा जान हिँडेका अजविर भन्छन् – ‘खै ! कति दिनमा पुगिन्छ रोल्पा ?’