यी हुन् रंगशालाको बार भत्काउन नेतृत्व गर्ने, पार्टीले गर्यो यस्तो कारबाही !

Leaderboard Banner

काठमाडौं ,  गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बार भत्काउन नेतृत्व गर्ने प्रकाश कँडेललाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले निलम्बन गरेको छ ।

नेकपा चितवनका अध्यक्ष यम बहादुर परियारले पार्टी सदस्य कँडेललाई निलम्बन गरेको बताएका छन् । कँडेललाई चितवन प्रशासनले मंगलबार रातीनै प्रकाउ गरि अनुसन्धान थालेको जनाएको छ ।

चितवनको भरतपुर महानगरपालिका वडा नं १५ स्थित रामपुर शान्तिचोकमा धुर्मुस–सुन्तली फाउन्डेसनले रंगशाला निर्माणको काम सुरु गरको थियो । कँडेलको नेतृत्वमा झन्डै २ सय जना स्थानियको समुहले बुधबार बिहान परियोजनाको पश्चिमतर्फ बाटो चौडा पार्नुपर्ने माग गर्दै डोजर लगाएर बार भत्काएका थिए ।

स्थानिय समूहले डोजर लगाएर भत्काइदिएपछि फाउन्डेसनले तत्कालका लागि रंगशालाको निमार्णको काम स्थगित गरेको छ ।

प्रकाशित : बिहिबार, जेठ १६, २०७६०९:३६

आफ्नो मत ब्यक्त गर्नुहोस् :