अनावश्यक तौल नियन्त्रण गर्नका लागि हरेक दिन पिउनुहोस करेलाको जुस !

Leaderboard Banner

करेलामा शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्वहरु पर्याप्त मात्रामा पाइने गर्छ।  यसमा पोटासियम , म्याग्नेसियम , आईरन तथा भिटामिन जस्ता तत्वहरु प्रसस्त मात्रामा हुने गर्छ।  साथै करेला फाइबर पनि सम्पन्न हुने भएकाले पाचन प्रकियामा समेत सहयोग गर्दछ। एक अध्ययनका अनुसार यो मोटोपन कम गर्नमा समेत प्रभावकारी रहेको छ।  त्यसैले हरेक दिन करेलाको जुस बनाएर पिउने गर्नाले शरीरमा जम्माभएको अनावश्यक मोटोपन घटाउनका लागि फाइदा मिल्ने देखिन्छ।

वास्तवमा यसले वजन कम गर्नमा कसरी सहयोग गर्छ त ?

शरीरमा इन्सुलिनको मात्रा नियन्त्रण

करेलाको जुसले शरीरमा इन्सुलिनलाई सक्रिय बनाई राख्नका लागि मदत गर्दछ।  साथमा यसले  कब्जियत हुने समस्याबाट छुटकारा दिनका साथै अनावश्यक चिल्लोपनलाई नियन्त्रण गर्न सहयोग गर्छ।

करेलामा क्यालोरीको मात्रा कम हुन्छ

करेलामा क्यालोरी , फ्याट तथा कार्बोहाइड्रेट्सको मात्रा कम हुन्छ।  करिब १०० ग्राम करेलामा लगभग ३४ प्रतिशत क्यालोरी पाइन्छ।  त्यसैले करेलाको जुसको सेवनले शरीरमा अनावश्यक जम्मा भएको चिल्लो पदार्थको मात्रा बाहिर निकाली स्वस्थ बनाई राख्न मदत गर्छ।

फाइबर र पानीको मात्रा

करेलामा फाइबरका साथ साथै पानीको मात्रा पनि प्रसस्त पाइन्छ।  यसमा करिब ८९/९४ प्रतिशत सम्म पानीको मात्रा हुन्छ। यसै गुणका कारणले गर्दा करेला गर्मीको समयमा तरकारीको रुपमा तथा जुसको रुपमा सेवन गर्नु स्वास्थ्यवर्द्धक रहेको छ।

फ्याट सेल्स बन्नमा नियन्त्रण

एक अध्ययनका अनुसार करेलामा अनावश्यक चिल्लोपनको मात्रा कम गर्ने गुण हुन्छ। यसका साथै करेलाले चिल्लो पदार्थ नियन्त्रण गरि यसको मात्रा बढ्न नदिई मोटोपन घटाउन महत्वपुर्ण भूमिका निर्वाह गर्दछ।

 

प्रकाशित : सोमबार, जेठ २७, २०७६१०:५९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

क्षणभर मै यस्ता समस्याबाट छुटकारा पाउनका लागि यसरी गर्नुहोस एलोभेराको प्रयोग !