शुक्रवार नेपाली हलमा ‘प्रेम दिवस’ संगै लाग्यो ‘झट्का’ !

Leaderboard Banner

जेठ ३१ काठमाडौँ , फ्राईडे रिलिज अन्तर्गत आज अर्थात् जेठ ३१ गते शुक्रवारबाट दुई नेपाली कथानक चलचित्र ‘झट्का’ र ‘प्रेम दिवस’ एकसाथ चलचित्र हलहरुमा प्रदर्शनमा आएको छ।

प्रदिप भारद्वाजको लेखन संजय न्यौपानेको निर्माण र योगेश घिमिरेद्वारा निर्देशित चलचित्रमा प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको मुख्य भूमिका रहेको छ भने यसै चलचित्र मार्फत नवनायक बिशाल खरेलले पनि चलचित्रमा डेब्यु गरेका हुन्। त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको चलचित्र ‘प्रेम दिवस’  शुक्रवार सिंगल तथा मल्टिप्लेक्सका सिमित हलहरुमा मात्र प्रदर्शन भईरहेको छ।

यसका साथै रमेश बिसुङ्खको लेखन तथा निर्देशनमा तयार भएको अर्को चलचित्र झट्का पनि आजैबाट प्रदर्शनमा आएको छ।  चलचित्रमा कलाकार सुरबिर पण्डितलाई नेगेटिभ रोलमा देखिएको छ भने उनका अलावा चलचित्रमा श्याम लाल श्रेष्ठ, रक्षा गुरागाइँ, ईश्वर गुरुङ, मनिता श्रेष्ठ लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ।

 

प्रकाशित : शुक्रबार, जेठ ३१, २०७६०८:२३

आफ्नो मत ब्यक्त गर्नुहोस् :