ओडिशामा भेटियो १२ फिट लम्बाईको कोब्रा !

Leaderboard Banner

ओडिशा राज्यस्थित रायगढ़ामा १२ फिट लामो कोब्रा साँप भेटिएको छ। जसलाई देख्ना साथ स्थानीयको होश उडेको थियो। साँप देखेर केहि समय त्यहाको वातावरण अन्योलग्रस्त भएको थिए। अन्तत विशेषज्ञको सहयोगमा उक्त साँपलाई समाती जंगलमा छोड्न बिशेषज्ञको टिम सफल भएको थियो।

साँप देख्ने बित्तिकै स्थानीयले बन बिभागलाई सुचित गराएका थिए जस पश्चात बिशेषज्ञको सहयोगमा साँप समात्न सफल भएको हो। बिशेषज्ञको जानकारी अनुसार यस साँपको कुल तौल ३० किलोग्राम रहेको थियो।

 

त्यहि ओडिशाको भद्रक जिल्लामा एक पोथी कोब्रा र त्यसका साथमा २४ बच्चा भेटिएको थियो। जुन साँपलाई एक घरको कुनामा भेटिएको थियो। यी साँपका समुहलाई पनि बिशेषज्ञको सहयोगमा एउटा जंगलमा लगेर छाडिएको हो।

 

 

 

 

प्रकाशित : शुक्रबार, जेठ ३१, २०७६०८:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

विश्वकै सबैभन्दा महँगो बर्गर, जसको मुल्य सुनेरै उड्नेछ तपाईको होस!