विश्वकै सबैभन्दा महँगो बर्गर, जसको मुल्य सुनेरै उड्नेछ तपाईको होस!

Leaderboard Banner

जापानको टोकियो सहर स्थित एक रेस्टुरेन्टमा विश्वको सबैभन्दा महँगो बर्गरको बिक्रि वितरण हुने भएको छ ।  जसलाई ‘ओक  डोर’ स्टिक हाउसमा काम गर्ने शेफ ‘पैट्रिक शिमादा’ नामक व्यक्तिले तयार गरेका हुन्। जुन बर्गरलाई ‘गोल्डेन जायट’ नामकरण गरिएको छ।

व्यवसायिक रुपमा यसको बिक्रि भने यहि बर्षको जुन बाट गरिने छ । जानकारीमा आए अनुरुप जुन बर्गरको बिक्रि मुल्य कम्तिमा ६३ हजार पर्ने समेत जनाईएको छ। यसलाई बनाउनका लागि ‘बिफ स्लाइस , चिज , टोमेटो तथा अन्य थुप्रै आइटमहरुको प्रयोग गरिएको छ।  अझ भन्ने हो भने यस बर्गरमा डस्टेड गोल्ड अत्यधिक मात्रामा प्रयोग गरिएको छ।

६ इन्च चौडाई र १० इन्च लम्बाईको यस बर्गर जापानका राजकुमार नरुहितोले पदभार ग्रहण गर्ने समयमा पार्टी सेलिब्रेसन गर्नका  निमित्त तयार पारिएको हो। जो व्यक्तिले यस बर्गरको अर्डर गर्न चाहन्छ उक्त व्यक्तिले ३ दिन पहिले नै अर्डर गरिसक्नु पर्ने समेत सेफ ‘पेत्रिक’  ले जनाएका छन।

 

प्रकाशित : शुक्रबार, जेठ ३१, २०७६०९:३९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

एकै पटकमा ४० फल लाग्ने बिरुवा, जसले पार्यो संसारलाई चकित !