पोशाकमै भारतीय प्रहरी नेपाल घुसे, अनुमति समेत नलिएको खुल्यो !

काठमाडौँ – पोसाकसहितका भारतीय प्रहरी अनुमति बिनानै नेपाल प्रवेश गरेका छन्। पोसाकसहितका चार भारतीय प्रहरी नेपालको दैलेख पुगेका हुन्।

नेपाल प्रवेश गरेका उनीहरुले स्थानीय प्रशासन र प्रहरीलाई कुनै पनि जानकारी नदिइ दैलेख पुगेको पाइएको छ। अनुमति बिना नेपाल प्रवेश गर्नेमा भारत हरिया प्रदेशस्थित यमुना नगर जिल्लाका सई विजय विवेक र उनको नेतृत्वमा रहेका अन्य दुई सहित चार भारतीय प्रहरी छन्।

पोसाकसहित दैलेख बजारमा देखिएका उनीहरुलाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय दैलेख लगिएको बताइएको छ। सोधपुछका क्रममा उनीहरुले आफूहरु मंगलबार बिहान आइपुगेको बताएका छन्। उनीहरुले मंगलबार मात्र दैलेख आइपुगेको बताएता पनि स्थानीयहरु भने उनीहरुलाई सोमबार साँझनै देखेको बताउँछन्।

बताइएअनुसार, उनीहरु भारतबाट झन्डै ५० लाख रुपैयाँ चोरेर फरार भएका नेपाली युवकको खोजिमा नेपाल आइपुगेका हुन्। भारतमा घरेलु कामदारको रूपमा काम गर्दै आएका दैलेखका एक युवकले काम गर्ने घरका मानिसलाई विष सेवन गराएर लाखौं रुपैयाँ लुटेर फरार भएको उजुरीको अनुसन्धानका लागि नेपाल आइपुगेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

प्रकाशित : मङ्गलबार, चैत ०४, २०७६०७:०४

दिनप्रतिदिन बढ्दै कोरोना सङ्क्रमितको सङ्ख्या, इटालीको अवस्था झनै नाजुक !