एकै दिनमा सुन्दर देखिन अपनाउनुहोस्, यस्ता उपायहरु

बिगुल स्वास्थ्य, काठमाडौँ । सुन्दर तथा गोरो चेहरा बनाउन कसलाई पो मन नपर्ला र ? त्यसैमाथी प्रकृतीले नै सुन्दरता थपिदिएको महिलामा आकर्षक शरीरको साथमा सुन्दर चेहरा कसरी बनाउने भन्ने बिषयमा सोचमग्न हुन्छन् ।

धेरै पैसाको खर्च गरी सुन्दर हुने चाहनामा ब्युटी पार्लर पनि पक्कै धाउनुभएको छ होला । पैसामात्र नभएर समयको पनि बर्वादी गर्नुभन्दा घरमै बसेर यस्ता उपायहरु अपनाउनुहोस् । जसले गर्दा तपाईको सुन्दरतामा छिट्टै परिवर्तन आउछ ।

चाउरीपना हटाउन के गर्ने ?

एक चम्चा महमा कागतीको केही थोपा रस मिलाएर अनुहारमा लगाउने गर्नाले चाउरिपनाको समस्या तुरुन्त हटेर जान्छ । तथा आगामी समयमा यस्तो समस्या आउने संभावना हुदैन् ।

अनुहार चम्किलो कसरी बनाउने ?

एक एक चम्चा गुलाबजल र दूधको मिश्रणमा दुइ थोपा कागतिको रस मिसाएर लगाउने गर्नाले छाला कोमल तथा चम्किलो देखिने गर्दछ ।

मृत छाला हटाउँने सजिलो तरिका

केही टमाटरका टुक्रहरु काटेर अनुहारमा लगाई हल्का मालिस गर्नाले अनुहारमा भएका फोहोर तथा कालानिला दागहरु हटाउने गर्दछ । यसबाट छालाको मृत कोषिकाहरुमा ताजापना देखिन थाल्छ । यस्तो प्रयोगले छालामा भएको मृत कोषिकाहरु तथा धूलोमैलो हटेर बन्द भएका रोमछिद्रहरु खुलाउने काम गर्दछ ।

तैलिय छालाबाट यसरी छुटकारा पाउने

एक चम्चा कागतिको रस लिएर त्यसमा एक चम्चा गुलाबजल र अलिकती पिँधेको पुदिना मिसावट गरेर एक घण्टा त्यसै छोड्नुहोस् । एक घण्टा पश्चात सो मिश्रणलाई अनुहारमा लागाएर २० मिनेट जति सुख्खा हुन छोड्नुहोस । २० मिनेट पछी मनतातो पानीले अनुहार पखाल्नुहोस्, यसो गर्नाले अनुहारमा आउने चिपचिप हट्नुका साथै चम्किलो अनुहार प्राप्त गर्न सकिन्छ ।

छालामा कसरी निखारपना ल्याउँने

छालामा निखारता ल्याउँनका लागि अलिकती चोकरमा एक चम्चाजती पाकेको सुन्तलाको रस, एक चम्मच मह वा गुलाबजल मिसाएर मजाले घोलेर पेष्ट बनाउनुहोस् ।

 

यस्तो प्रकारको पेष्ट अनुहार तथा गर्धनमा लगाउने गर्नाले अनुहार तथा छालामा नयाँ निखारपना आउछ । यस्तो लपन सुकेपछी मनतातो पानीले धुनुहोस् । –स्वास्थ्य खबरपत्रिका

प्रकाशित : मङ्गलबार, पुष २८, २०७७१८:३३

दाह्री काट्दै हुनुहुन्छ, यस्तो कहिल्यै गर्न हुँदैन !