दाह्री काट्दै हुनुहुन्छ, यस्तो कहिल्यै गर्न हुँदैन !

पुरुषहरुले कतिपय आफैले दाह्री काट्दछन् भने कतिपय शैलुन सम्म पुग्ने गर्दछन्, तर घरमा आफैले दाह्री काट्ने हरुका लागि यस्तो समयमा अलिकती सवधानी अपनाउनु पर्ने हुन्छ । दाह्री काट्ने समयमा चिसो पानीको प्रयोग गर्दा छालामा दबाब पर्नुका साथै दाह्री राम्रो संग काटिदैन्, त्यसैले दाह्री काट्दा सधै मनतातो पानीको प्रयोग गर्नु उचित हुन्छ ।

रेजर तथा ब्लेडलाई दबाव दिएर दाह्री काट्दा छाला समेत काटीने संभावना रहन्छ । यसो गर्नाले निकट समयमै तपाईको छाला कालो हुन सक्छ, त्यसै दाह्री काट्दा रेजर तथा ब्लेडलाई हलुका संग चलाउनुहोस् । दाह्रीको भागमा साबुनको प्रयोग गरी दाह्री काट्दा दाह्री राम्रो संग नकाटीने तथा छाला बिग्रने समस्या देखिन थाल्छ । त्यसैले दाह्रा काट्दा सधै सेभिङ क्रिमको प्रयोग गर्नु उचित हुन्छ ।

रेजर चलाउदा पानीमा चोपल्नु हुदैन् । यसरी पानीमा चोपल्दा छालामा असर गर्नसक्ने संभावना बढ्न जान्छ । रेजर उल्टा चलाउनु छाला तथा अनुहारको चमकतामा ठुलो असर पर्न सक्छ ख्याल गर्नुहोस् ।

दाह्री काटी सकेपछी गालाको सेभिङ क्रिम पखालेर त्यसै नछोड्नुहोस् । आफ्टर सेव लोसन अथवा अन्य म्वाइस्चराईजर लगाउनु राम्रो हुन्छ ।

प्रकाशित : मङ्गलबार, पुष २८, २०७७१८:४४

धेरै बेरसम्म चुइंगम चपाउँदा क्यान्सर !