‘अर्थतन्त्र पुरानै लयमा फर्कन्छ’

काठमाडौंँ, प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) महामारी विरुद्धको खोप विश्वव्यापी रूपमा मानव जातिको हितमा सबैले समान रूपले पाउनुपर्ने बताउनुभएको छ । यो समाचार आजको गोरखापत्रमा प्रकाशित छ।

कोरोना महामारी रोकथाम गर्न विभिन्न देशमा बनेका खोप धनी र शक्तिशाली देशले पाउने तर साना मुलुकले नपाउने अवस्था आउन नहुने भनाइ प्रधानमन्त्रीको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घको ५४आँै वार्षिक साधारण सभा बिहीबार उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले कोरोना महामारीले सबैखाले मुलुक र व्यक्तिलाई शिथिल बनाएकाले त्यसबाट समान रूपले मुक्ति पाउनुपर्ने बताउनुभयो । उहाँले कोरोना महामारीका कारण आफूहरूले लक्षित गरे अनुसार आर्थिक उपलब्धि हासिल गर्न नसकेको उल्लेख गर्दै सरकार र निजी क्षेत्र मिले अर्थतन्त्र पुरानै लयमा फर्काउन सकिने भएकाले साझा प्रयास आवश्यक रहेको औँल्याउनुभयो ।

प्रधानमन्त्री ओलीले महामारीले सबैलाई गलाउन खोजेको छ, साझा समस्या समाधान संयुक्त रूपमै खोज्नुपर्छ । केन्द्र, प्रदेश र स्थानीय सरकारदेखि निजी क्षेत्र सबैले देश उकास्ने अर्थतन्त्र पुनरुत्थान गरी हामीले चाहेकै गतिमा पु¥याउनुपर्नेछ भन्नुभयो । उहाँले महासङ्घको साधारण सभामा यो विषयलाई गम्भीर मनन गरेर निष्कर्ष निकाल्न र सरकारलाई सुझाउन आग्रह गर्नुभयो ।

कतिपय राजनीतिक नेतृत्व तहमा उद्योगी व्यवसायीलाई हेर्ने दृष्टिकोण नै खराब रहेको आफूले पाएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्रीले त्यस्ता कुनै पनि टिप्पणीबाट विचलित नहुन र आवश्यक प्रतिष्ठा एवं सुरक्षाको प्रत्याभूूति सरकारले गर्ने प्रतिबद्धता जनाउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “बजारमा दलाल पुँजीवादी, नवउदारवादी पुँजीवादी भन्ने जस्ता भ्रमपूर्ण र उद्योगी व्यवसायीलाई भ्रमित गर्ने, आतङ्कित पार्ने, आलाकाँचा कार्यकर्ता उक्साउने राजनीतिक खपतका अतिवादी अभिव्यक्ति आएका होलान् ।”

“राष्ट्रिय पुुँजी निर्माण, रोजगारी सिर्जना, उत्पादनशील, व्यावसायिक क्षेत्रमा लागेका व्यवसायी राज्यका आँखामा समान छन् । कानुन सम्मत्, यथोचित् संरक्षण र सुरक्षा राज्यले दिन्छ”, प्रधानमन्त्रीको भनाइ छ ।

प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल रूपमा सम्बोधन गर्नुुहुुँदै प्रधानमन्त्री ओलीले सबै व्यवसायीलाई स्वच्छ र इमानदार भएर काम गर्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले नेपाली उद्योगी व्यवसायीलाई देशभित्र लगानी क्षमता विस्तार गर्न र लगानीयोग्य पुँजी बाहिर नलैजान आग्रह गर्नुभएको छ । मुलुकभित्र प्रशस्त लगानी आवश्यक भएकाले विदेशीलाई समेत लगानी आह्वान गरिरहेको समयमा स्वदेशकै लगानीकर्ता विदेश जानु उल्टो बाटो भएको टिप्पणी प्रधानमन्त्री ओलीको थियो । “तपाईंहरू अझै ठूला आयोजनामा लगानी गर्नुहोस्, देशलाई माया गर्नुहोस्, अवसर यहीँ छन् । यहाँ कमाएर बाहिर लगानी गर्ने बाटो नलिनुस्”, ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले उद्योगीको क्षमता विस्तार र सहज वातावरण बनाउन सरकार प्रवद्र्धनकारी हुनेछ भनी आश्वस्त पार्नुभयो । समृद्धि हासिल गर्ने, मुलुकलाई फाइदा हुने विषयमा निजी क्षेत्रप्रति सरकार सधैँ सकारात्मक छ भन्नुहुँदै ओलीले न्यायोचित सुविधा कानुन बदलेरै भए पनि उपलब्ध गराइने बताउनुभयो । कोरोना महामारीबाट उन्मुक्तिका लागि निजी क्षेत्रले सरकारबाट विभिन्न राहतको अपेक्षा राखेको सन्दर्भमा प्रधानमन्त्री ओलीले सरकारको सीमित क्षमताप्रति ख्याल गरिदिन आग्रह गर्नुभयो । उहाँले विश्वका विभिन्न मुलुकमा आएका राहत प्याकेज देखेर विदेशमा दिने, नेपालले किन नदिने भन्नुहोला, सरकारको स्रोतको सीमित क्षमता हेर्नुस्, बुझ्नुस् । अभिभावकको गच्छे अनुसार मात्र अपेक्षा राख्नुस् भन्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घले वर्तमान सरकार र नेतृत्वको खुलेर प्रशंसा गरेको छ । महासङ्घका अध्यक्ष भवानी राणाले ‘समृद्ध नेपाल सुखी नेपाली’को आकाङ्क्षा, निजी क्षेत्रमैत्री व्यवहार तथा कोरोना महामारीमा निजी क्षेत्रलाई प्रदान गरिएको राहत तथा सहकार्यका आधारमा सरकार प्रशंसाको भागीदार रहेको बताउनुभयो ।

यसैका आधारमा महासङ्घका तर्पmबाट प्रधानमन्त्री ओलीलाई सम्मानपत्र प्रदान गरिएको थियो । अध्यक्ष राणाले राष्ट्रिय गौरवका आयोजना छिटो सम्पन्न गर्न र राष्ट्रिय सहमति जुटाएर अमेरिकी सहायताको परियोजना एमसीसी पारित गर्न आग्रह गर्नुभयो ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले कोरोना महामारी लगायत विभिन्न विषयमा सरकार र महासङ्घबीच सहकार्य भइरहेको र त्यो निरन्तर हुने विश्वास व्यक्त गर्नुभयो । आर्थिक मन्दी सम्मुख भइसकेको र त्यसबाट बच्ने प्रयासमा सरकारसँग हातेमालो गर्न निजी क्षेत्र तत्पर रहेको उहाँको भनाइ थियो ।

प्रकाशित : शुक्रबार, मङि्सर १२, २०७७०९:३४

केरुङ–काठमाडौँ रेलमार्ग : डीपीआर बनाउन चीन सकारात्मक