प्रदेश अस्पताल सुर्खेतमा कोरोना परीक्षण प्रयोगशाला स्थापना

कर्णाली प्रदेश सरकारले प्रदेश अस्पताल सुर्खेतमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गरेको छ । सङ्घीय सरकारले उपलब्ध गराएको कोरोना परीक्षण गर्ने पिसिआर मेसिन बुधबार कर्णाली प्रदेश अस्पतालमा जडान गरी प्रयोगशाला स्थापना गरिएको प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले जानकारी दिए ।

“कर्णाली प्रदेशको आवश्यकतालाई महसुस गरी सङ्घीय सरकारले पठाएको कोरोना परीक्षण मेसिन प्राप्त भएको छ,” मन्त्री रावलले भने, “अब यहाँका कोरोना सङ्क्रमित बिरामीहरुको ‘थ्रोट स्वाब’ सुर्खेतमै परीक्षण हुनेछ ।”

कर्णाली प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डा डम्बर खड्काले उपलब्ध पिसिआर मेसिनले प्रदेशवासीलाई सहज बनाएको बताए। कोरोना सङ्क्रमित भेटिएमा तिनको ‘थ्रोट स्वाब’ परीक्षण सुर्खेतमै हुने बताउँदै मेसु डा खड्काले यसका लागि नेपाल सरकारले एक जनशक्ति पनि पठाएको जानकारी दिए।

कुमारी बैंकद्वारा १० लाख सहयोग

कुमारी बैंक सुर्खेत शाखाले कर्णाली प्रदेश विपद् व्यवस्थापन कोषमा रु १० लाख सहयोग गरेको छ । त्यस्तै राष्ट्रिय अपाङ्ग महासङ्घ, कर्णाली प्रदेशले रु ५१ हजार कोषमा सहयोग गरेको छ । बैंकका सुर्खेत शाखा प्रबन्धक हिमालप्रसाद मुडभरी र महासङ्घ, कर्णाली प्रदेश अध्यक्ष विष्णुप्रसाद शर्माले सो रकमको चेक प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीलाई हस्तान्तरण गरेका थिए।

प्रकाशित : बिहिबार, चैत २०, २०७६०३:१८

सहकारी दिवस : राष्ट्रिय आकाङ्क्षालाई सघाउन मन्त्री अर्यालको आग्रह