माघ महिना कुन-कुन राशि हुनेहरुको लागि शुभ ? हेर्नुहोस मासिक राशिफल !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

मनले चिताएको काम भन्ने देखिन्छ। गरेको कामबाट सबैको मन जित्नुका साथै सबैले प्रसंशा गर्ला। सामाजिक र राजनीतिक काममा पनि सफलता मिल्ला। मिहिनेत गरे सफलता पाइने र विशिष्ट व्यक्तिसँग भेटघाट तथा निकटता बढ्नेछ। व्यापारका लागि पनि राम्रो समय चलेको हुदा प्रशस्त लाभ हुने देखिन्छ। पदोन्नति हुने सम्भावना रहेको छ। सम्पत्ति जोड्नुका साथै परिवारमा पनि सुख र समृद्धि बढ्नेछ। स्वास्थ्यमा भने अलि बढी ध्यान दिनु पर्ला। स्वास्थ्यको समस्याका कारण धन खर्च हुने देखिन्छ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

ठूलो योजना सफल हुने योग रहेको छ। निकै वर्ष देखि अड्किएको काम यो महिना बन्ने देखिन्छ। सहयोगीहरुका अभाव तथा कामको दबावका कारण, काममा केही चुनौतीहरुको सामना गर्नु पर्ला। तर मिहेनत गरे सफलता प्राप्त हुने देखिन्छ। मन बिचलित हुनाले अध्ययनमा मन नलाग्न सक्ला।  आफन्तसंगको सम्बन्धमा सुधार हुनेछ। शत्रुहरुबाट टाढै रहनुहोला। आयस्रोतमा वृद्धि हुनुका साथै सामाजिक कार्यमा पनि मन जानेछ। परिवारमा सानो खटपटी हुन सक्ला तर महिनाको अन्तिमसम्म सबै ठिक हुने देखिन्छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

मनमा नकारात्मक सोचको बास हुनेछ। धैर्यका साथ सोचविचार गरि काम गर्नुहोला। चोटपटकको पनि योग रहेको हुदा तिखो बस्तुहरुबाट सावधानी अपनाउनुहोला। आफ्नो लागि समय निकालि खानपानमा पनि ध्यान दिनुपर्ने देखिन्छ। साथीभाई तथा आफन्तहरुबाट सहयोगको आशा नगर्नुहोला। धन नाशको योग रहेको हुदा पैसाको अभावले सताउला।  राजनीतिक तथा सामाजिक कार्यमा पनि बाधा आउने देखिन्छ। नयाँ काम सुरु गर्नु भन्दा अघि बिशेष व्यक्तिहरुको सुझाव लिनु होला। यो महिना मिथुन राशिका लागि संघर्षर चुनाउनुपूर्ण रहनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

परिवारमा मतभेद हुने योग हुँदा घर–गृहस्थीमा केही समस्या देखा पर्ला। अध्ययनमा सुधार हुनुका साथै सम्पत्ति जोड्ने देखिन्छ। व्यवसायमा सोचेको जस्तो काम नहुदा धनको अभाव देखापर्न सक्छ। तर महिनाको बीच तिर व्यापारमा सामान्य लाभ हुनाले आर्थिक स्थितिमा सुधार आउने देखिन्छ।  नसोचेको काम पुरा हुदा मन उत्साहित रहनेछ। यात्राका लागि पनि राम्रो योग रहेको छ। आफ्नो साथीभाईबाट सहयोग प्राप्त हुने देखिन्छ। मन पर्ने व्यक्तिसंग भने सानो मतभेद हुन सक्ला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

मेहिनत गरे विशेष उपलब्धि प्राप्त हुने देखिन्छ। शत्रु तथा मुद्दामामिलाहरुबाट मुक्ति मिल्नेछ। अड्किएका काम पुनः प्रारम्भ हुने देखिन्छ। आफ्नो व्यस्तताका कारण आफ्नो परिवारहरुलाई समय दिन नसकिएला। रोकिएका काम बन्नुका साथै व्यापारमा पनि लाभ हुने योग रहेको छ। नयाँ कामका लागि पनि शुभ समय रहेको देखिन्छ। नसोचेको व्यक्तिबाट सहयोग प्राप्त हुनेछ। आफुले गरेको कामको सबैले प्रशंसा गर्नुका साथै पदोन्नति हुने देखिन्छ। यस महिना सिंह राशिका लागि निकै शुभ रहनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

नयाँ अवसरका लागि केही चुनौतीहरुका सामना गर्नुपर्ने देखिन्छ। सोचेको जस्तो काम नहोला। झगडाका कारण समस्या निम्त्याउन सक्ने हुदा झगडाबाट टाढै रहनुहोला। साथीभाइसँगको सम्बन्ध कमजोर बन्ला। लेनदेन गर्दा भने सवाधानी अपनाउनु पर्ने देखिन्छ। मौसम परिवर्तनका कारण स्वास्थ्यमा केहि समस्या देखापर्ला। सहयोगीहरुका साथका कारण नसोचेको काम बन्ने देखिन्छ। बौद्धिक क्षमतामा वृद्धि हुनुका साथै अध्ययनमा पनि राम्रै नतिजा हासिल गर्ने देखिन्छ। यात्राका लागि राम्रो योग रहेको छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

झैँ-झगडा बाट टाढै रहनुहोला। केहि बोल्दा वा काम गर्दा सोचविचार गरि मात्रै काम गर्नुहोला।  परिवारका सदस्यहरुसंग मतभेद हुने देखिन्छ। आफ्नो साथीहरुसँग पनि बिनाकारण विवाद हुन सक्ला। दाजुभाइबाट भने सहयोग प्राप्त होला। आफ्नो बाबुबाजेका सम्पत्तिमा विवाद आउने देखिन्छ। अरुको भरपर्दा आफ्नो मनले चिताएको काम रोकिने हुदा आफ्नो काम समयमै पुरा गर्नुहोला।  मिहिनेत गर्दा व्यवसायमा लाभ हुने देखिन्छ। प्रयत्न गरेका कामहरुमा केहि समस्या देखा परे पनि भबिष्यमा भने निकै लाभ हुने देखिन्छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

बृश्चिक राशिका व्यक्तिका लागि यो महिना निकै उत्साहवर्धक रहनेछ। निकै वर्ष देखि नबनेको काम यो महिनामा पुरा हुने देखिन्छ। नयाँ व्यापार, व्यवसाय सुरुगर्ने सोचमा हुनुहुन्छ भने समय निकै अनुकुल हुनुका साथै विशेष सफलता पनि मिल्ने योग रहेको छ। सानो प्रयत्नले पनि जीवनमा ठुलो सुधार ल्याउन सकिएला। जागिर गर्नेहरुका लागि पदोन्नतिको योग रहेको छ। शत्रु तथा रोगहरुबाट छुटकारा मिल्ने देखिन्छ। परिवार तथा आफन्तसंगको सम्बन्धमा सुधार आउने छ। निकै वर्ष देखि सरकारी क्षेत्रका नमिलेको काममा पनि सफलता मिल्ने देखिन्छ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

धनु राशिका व्यक्तिहरुले यस महिना केहि चुनौतीको सामना गर्नु पर्ला। तर चुनौतिको सामना गरि, धैर्य पूर्वक काम गरे   फल पनि छिटै प्राप्त हुनेछ। बलले प्रयास गरेका कामहरुमा आफैले हानि पनि बेहोर्नुपर्ला। लगनशीलताका साथ गरेका काममा भने सफलता मिल्नेछ। विलासी वस्तुमा धन खर्च हुने देखिन्छ। स्वास्थ्यको समस्याले सताउन सक्छ। बस्तु हराउने योग रहेको हुदा आफ्नो सामानको राम्रो हेरचाह गर्नुहोला। कामको प्रशंसा तथा पुरस्कारबाट सम्मानित हुने देखिन्छ।साथीभाईको सुझावलाई विशेष ध्यान दिनुहोला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

केहि कठिन कामको नेतृत्व लिनुपर्ने देखिन्छ। व्यावहारिक समस्याहरुबाट मुक्ति मिल्नेछ। कामका कारण खर्चमा वृद्धि होला। स्वास्थ्यमा पनि समस्या देखा पर्ने योग रहेको हुदा आफ्नो स्वास्थ्यको राम्रो हेरचाह गर्नुहोला। महिनाको अन्तिम तिर नसोचेको काम बन्ने देखिन्छ। आफ्नो व्यवहारका कारण साथीभाइ टाढिन सक्ला।  परिवारका लागि समय दिन नसक्दा,  केहि समस्याहरु देखा पर्न सक्छ।  बिशेष व्यक्तिहरुको सुझावका कारण विशेष फाइदा हुने देखिन्छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

खर्च बढ्नुका कारण, यस महिना केहि समस्याहरु देखा पर्ला। अरुले आफ्नो कमि-कमजोरीको फाइदा उठाउने योग रहेको हुदा सतर्क रहनुपर्ने देखिन्छ। परिवारमा केहि उतारचढावको सामना गर्नुपर्ला। आफन्तसंग सम्बन्ध बिग्रने तिब्र सम्भावना रहेको हुदा आफ्नो व्यवहारमा निकै ध्यान दिनुहोला। साथिभाइका सहयोगले आँटेको काम पुरा हुने देखिन्छ । भविष्यका लागि निकै लाभ हुने काम गर्ने अवसरहरु प्राप्त होला। बैदेशिक यात्राका लागि पनि राम्रो अवसर प्राप्त हुने देखिन्छ। चोटपटक लाग्ने योग रहेको हुदा सवारी साधन प्रयोग गर्दा सावधानी अपनाउनुहोला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मीन राशिका लागि यो महिना निकै फलदायी सावित हुने देखिन्छ। आयआर्जनका लागि नयाँ स्रोत फेला पार्नुका साथै व्यवसायमा पनि प्रगति हुने देखिन्छ। मनले चिताएको काम बन्ने तथा आम्दानी पनि बढ्ने योग रहेको छ। कृषि र पशुधनबाट पनि बिशेष लाभ मिल्ला। राजनीतिमा पनि उत्साहजनक सफलता पाइने देखिन्छ। सामाजिक कार्यमा पनि मन जानेछ। कामको सबैले प्रशंसा गर्नेछन्। विदेश यात्राको लागि पनि शुभ योग रहेको छ। शत्रुहरुबाट पनि मुक्ति मिल्ने देखिन्छ।

प्रकाशित : आइतबार, माघ ०९, २०७८०६:००

डेढ वर्षपछि छायाँ ग्रह राहुको ठूलो परिवर्तन, यी ३ राशि हुनेछन् मालामाल !