आज फेब्रुअरी १४: आफ्नो प्रेमीलाई यसरी गराउनुहोस विशेष अनुभूति, हुनेछ गहिरो प्रेम!

माया गर्ने हरेक जोडीको प्रिय महिना ‘फेब्रुअरी’ हो । यस महिनामै पर्छ, भ्यालेन्टाइन डे । सप्ताह रूपमा मनाइने यो भ्यालेन्टाइनमा विभिन्न दिन (फेब्रअरी ७ रोज डे, फेब्रुअरी ८ प्रपोज डे, फेब्रुअरी ९ चकलेट डे, फेब्रुअरी १० टेड्डी डे, फेब्रुअरी ११ प्रोमिस डे, फेब्रुअरी १२ हग डे, फेब्रुअरी १३ कि-स डे) छन् ।  फेब्रुअरी १४ अझ विषेश दिन हो । यस दिनलाई  कपलहरु वर्षभरि  पर्खिरहेका हुन्छन्।

हरेकले  आफ्नो मायालाई विशेष अनुभूति गराउन चाहन्छन् । यस दिन लव कपल एक-अर्कालाई सरप्राइज कसरी गर्ने भनेर कन्फ्युजमा रहन्छन् । हरेक व्यक्ति आफ्नो प्रेम गर्ने  मान्छेलाई विशेष बनाउन चाहन्छन् । यदि आफ्नो मायालाई कसरी खुशी बनाउने भनेर कन्फ्युजनमा हुनुहुन्छ भने यो खबर पढेर क्लियर बन्नुहुनेछ।

१. तपाई यस दिनलाई हरेक तरिकाले खास बनाउन सक्नुहुनेछ । तपाई भ्यालेन्टाइनमा आफ्नो जोडीलाई घुमाउन  पनि लान सक्नुहुनेछ । तर यदि बाहिर जान सम्भव छैन भने आफ्नो बेडरुमलाई भ्यालेन्टाइन थिम दिन सक्नुहुनेछ  । यसका लागि तपाईले थोरै मिहिनेत गर्नुपर्नेछ  । तपाई आफ्नो बेडमा  रातो रङको  तन्ना ओछ्याउन सक्नुहुन्छ । तन्नामाथि लव शेपको आकारको तकियामा राख्नुहोला र ओड्ने सेतो र रातो रङको राख्नुहोला ।

२.  धेरै  पटक यस्तो पनि हुन्छ कि तपाईको  अपेक्षा भ्यालेन्टाइनमा खुशी बनाउने हुनेछ  भने कम बजेटले पनि सम्भव नहुन सक्छ  । त्यसैले भ्यालेन्टाइन डेको दिन गुलाफको पेटल्सलाई औँठी बनाउन सक्नुहुन्छ ।

३. पार्टनरलाई विशेष अबुभाव गराउनको लागि तपाई आफ्नो पार्टनरलाई दिएको सबै  गिफ्ट आइटमलाई एकै बोर्डमा सजाउन सक्नुहुन्छ । जस्तै  कुनै क्यालेन्डर होस् वा गिफ्ट  क्यान्डी टफी र मुभी टिकट होस । तपाईले यस्तो गर्नाले उनलाई लामो समयसम्म यो सरप्राइजको याद आउनेछ ।

४. तपाईले दुई लकेट किनेर एउटा आफ्नो पार्टनरलाई दिनुहोस र एउटा आफै लगाउनुहोस्  । साथै  लकेटमा एकअर्काको नाम पनि लेख्नुहोला । जसले तपाईको पार्टनरलाई विशेष अनुभूति गराउनेछ ।

५ . तपाई आफ्नो  पार्टनरको मन पर्ने खाना आफै बनाउन सक्नुहुनेछ । साथै बनाएको खानालाई मायाले सजाउन र मैनबत्तिले सजाउन सक्नुहुनेछ ।

६ . यस बाहेक सबैभन्दा राम्रो गिफ्ट भने तपाईको र आफ्नो पार्टनरको तस्विर पनि हो । जसले तपाईको पार्टनरलाई निकै खुशी बनाउनेछ ।

प्रकाशित : शुक्रबार, फागुन ०२, २०७६०५:२९

कोरोना भाइरसले सिधै अण्डकोष बिगार्ने खुलासा, नपुंसक समेत बनाउन सक्ने दावी !