“माओवादी यु-द्ध जनयु-द्ध थिएन, जनयु-द्धका सबै भारी बोक्न पार्टी एकीकरण गरिएको होइन”

काठमाडौँ – प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा तथा नेकपा नेताले जनयु-द्धका सबै भारी बोक्नका लागि पार्टी एकता नगरिएको बताएका छन्।

एक निजी टेलिभिजनलाई दिएको अन्तर्वार्ताजको क्रममा थापाले जनयु-द्धका सबै भारी बोकेर, जनयु-द्धको कार्यदिशा स्वीकार गर्नका लागि पार्टी एकीकरण नगरिएको बताएका हुन्।

जनयु-द्धबारे नेकपा क्रान्तिकारी माओवादीका वरिष्ठ नेता सीपी गजुरेल र प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापासँग न्यूज २४ टेलिभिजनले लिएको अन्तर्वार्ताका क्रममा उनले जनयु-द्ध खासमा जनयु-द्धनै नभएको तर्क गरे। उनका अनुसार जनयु-द्ध जनयु-द्ध नभएकै कारण विसर्जन गरिएको थियो।

“जनयु-द्ध खासमा जनयु-द्ध थिएन। जनयु-द्ध नभएकाले नै त्यो विसर्जन भएको हो। छाडिएको हो। हामीले पार्टी एकता जनयु-द्धका सबै भारी बोकेर, जनयु-द्धको कार्यदिशा स्वीकार गरेर, जनयु-द्धको महिमा र जनयु-द्ध दिवस मनाउनका लागि गरेको होइन।”,अन्तर्वार्तामा थापाले भनेका थिए।

यस्तै थापाले अर्को एक अन्तर्वार्तामा पनि तत्कालिन माओवादीले गरेको जनयु-द्धका कारण देश ५० औं वर्ष पछाडि धकेलिएको बताएका थिए। ऋषि धमलासँग कुराकानी गर्दै थापाले हिजो पनि आफूले जनयु-द्धका कारण देश ५० औं वर्ष पछाडि धकेएको बताउँदै आएको र आज पनि त्यहि भन्ने बताएका थिए।

“म आजपनि भन्छु, व्यक्ति ह-त्याबाट हाम्रो जस्तो बुद्धको भूमि अगाडि बढ्न सक्दैन । जनयु-द्धले अनावश्यक क्षति ल्याउँछ । विगतका जनयु-द्धमा पनि राजतन्त्रको अन्त्यसम्म आइपुग्दा त्यसले सकारात्मक परिवतर्न ल्याएको भएपनि जनयु-द्धका कारण देशका खर्बौंको राष्ट्रिय पूर्वाधार सखाप भएको छ । जनजीवन प्रभावित भयो, मुलुक ५० औं वर्ष पछाडि धकेलियो भनेर म हिजो पनि भन्थेँ आज पनि भन्छु । यो चाहीं क्षतिको, बर्बादीको पाटोको कुृरा गरेको हो । फेरि यसको सकारात्मक पक्ष भनेको सात राजनीतिक दल र नेकपा माओवादीको सहकार्यले मुलुकमा २४० वर्ष वंशानुगत राज गरेर संस्थाको अन्त्य भएको छ ।”,धमलासँग कुराकानी गर्दै उनले भनेका थिए।

“माओवादी जनयुद्धकै कारण देश ५० वर्ष पछि धकेलिएको भुल्न सकिँदैन” – सूर्य थापा

प्रकाशित : शनिबार, फागुन ०३, २०७६०५:१०

यी को हुन् जसले श्रृंखला खतिवडासँग भ्यालेन्टाइन मनाए….[भिडियो सहित]