यी को हुन् जसले श्रृंखला खतिवडासँग भ्यालेन्टाइन मनाए….[भिडियो सहित]

काठमाडौँ – पूर्व मिस नेपाल श्रृंखला खतिवडाले भ्लगर सिशन बानियासँगको प्रेम सम्बन्ध स्वीकारेकी छन्।

शुक्रबार प्रेम दिवसको अवसर पारेर श्रृंखलाले बानियासँगको प्रेम सम्बन्ध सार्वजनिक रुपमै स्वीकारेकी हुन्। सामाजिक संजाल इन्स्टाग्राममा स्टोरी राख्दै शृंखलाले सांकेतिक रुपमा आफ्नो प्रेम सम्बन्ध स्वीकार गरेकी हुन्।

श्रृङ्खला शुक्रबार लुक्ला पुगेकी थिइन्। जसक्रममा उनले एक भिडियो इन्स्टा स्टोरीमा राखिन्। जसमा उनले सिशनसँगको प्रेम सम्बन्ध स्वीकार्दै गरेको देखिएको छ।

“‘एक्साइटिङ डेट फर अस’ अर्थात् हाम्रो रोमान्चक ‘डेट'”,भिडियोमा उनले क्याप्सन राखेकी थिइन्। यस्तै उनले भिडियोमा “सबैलाई प्रेम दिवसको शुभकामना । हामी निकै नै रोमाञ्चक डेमा छौ ।” समेत भनेकी थिइन्। श्रृंखलाले यो भिडियो सार्वजनिक गर्नुलाई प्रेम सम्बन्ध बारे स्वीकारोक्तिको रुपमा हेरिएको छ।

यस अगाडी इन्स्टाग्राममा सिशनले श्रृंखलासँगको तस्बिर राखेका थिए। जससँगै यी दुई बीच प्रेम सम्बन्ध रहेको हल्ला चल्न थालेको थियो। यधपी प्रेम सम्बन्ध बारे यी दुवै केहि बोलेका थिएनन्।

श्रृंखला र सिशन विभिन्न अवसरहरुमा सँगै देखिँदै आएका छन्। सिशनले पछिल्लो समय युट्युबमा सार्वजनिक गरेका धेरै जस्तो भ्लगहरुमा श्रृंखलालाई देखिँदै आएको छ।

प्रकाशित : शनिबार, फागुन ०३, २०७६०६:०६

चीनमा रहेका नेपाली लिन केहि घण्टामा विमान उड्दै, विमानस्थल १२ घण्टा बन्द हुने !