“भ्रष्टचारका सन्दर्भमा मुखमा पानी हालेर बोल्ने मेरो बानी छैन, जोसुकै भएपनि छाडिन्न”

फाइल तस्बिर

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्नेलाई कुनै हालतमा छाड्ने पक्षमा सरकार नभएको स्पष्ट पारेका छन्।

शनिबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले भ्रष्टाचार गर्ने जतिसुकै उच्च ओहोदावाल र पहुँचवाला भएपनि उन्मुक्ति नपाउने बताए।

आफूले पटक-पटक ‘म आफू भ्रष्टाचार गर्दिनँ र अरुलाई पनि गर्न दिन्नँ ।’ भन्ने गरेको सुनाउँदै उनले आफ्नो भनाइ भन्नको लागि मात्र नभएको स्पष्ट पारे।

“मैले पटक÷पटक भन्ने गरेको छु– ‘म आफू भ्रष्टाचार गर्दिनँ र अरुलाई पनि गर्न दिन्नँ ।’ गतबर्षको सम्बोधनका क्रममा मैले भनेको थिएँ– कसैले मेरो भनाइलाई भन्नको लागि भनेको ठानेको छ भने त्यसले गल्ति गर्दैछ ।”,चेतवानीको भाषामा उनले भने।

ओलीले थप भने,”दूराचारी र दूराचार, भ्रष्ट र भ्रष्टचारका सन्दर्भमा मुखमा पानी हालेर बोल्ने मेरो बानी छैन । जो जतिसुकै उच्च ओहोदावाल होस् या कथित पहुँचवाला, तिनको मुख हेरेर सजाय तोकिन्नँ । कारबाही गर्ने÷ नगर्ने फैसला लिइन्नँ ।”

सुशासनका संयन्त्रहरु क्रियाशील भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारमा निर्लिप्त हुनेहरु मुर्मुरिन थालेको पनि दावी गरे। “सुशासनका संयन्त्रहरु क्रियाशील हुँदा भ्रष्टाचारमा निर्लिप्त हुनेहरु मुर्मुरिँदा रहेछन् । यस्तो अवस्थामा ‘नील वर्ण श्रृगाल कथा’ स्मृतिमा आउँदो रहेछ !”,उनले भने।

प्रधानमन्त्रीको सम्बोधन –

सभामुख महोदय,

– मैले पटक÷पटक भन्ने गरेको छु– ‘म आपूm भ्रष्टाचार गर्दिनँ र अरुलाई पनि गर्न दिन्नँ ।’ गतबर्षको सम्बोधनका क्रममा मैले भनेको थिएँ– कसैले मेरो भनाइलाई भन्नको लागि भनेको ठानेको छ भने त्यसले गल्ति गर्दैछ । दूराचारी र दूराचार, भ्रष्ट र भ्रष्टचारका सन्दर्भमा मुखमा पानी हालेर बोल्ने मेरो बानी छैन । जो जतिसुकै उच्च ओहोदावाल होस् या कथित पहुँचवाला, तिनको मुख हेरेर सजाय तोकिन्नँ । कारबाही गर्ने÷ नगर्ने फैसला लिइन्नँ ।

– सुशासनका संयन्त्रहरु क्रियाशील हुँदा भ्रष्टाचारमा निर्लिप्त हुनेहरु मुर्मुरिँदा रहेछन् । यस्तो अवस्थामा ‘नील वर्ण श्रृगाल कथा’ स्मृतिमा आउँदो रहेछ !

प्रकाशित : शनिबार, फागुन ०३, २०७६०८:०५

चीनबटा ल्याइने नेपालीहरुलाई राख्न क्वारेन्टाइनको तयारी पूरा ! यस्तो बन्यो..[तस्विर सहित]