अधिकांश मानिसको दिनको सुरुवात हरेक दिन उठ्ना साथ् एक कप तातो अनि मिठो चियाबाट हुने गर्छ। बिहानको समयमा चिया पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुने गर्छ। चिया प्रेमी कतिपयले त एक दिनमा करिब ३/४ कप सम्म चिया पिउने गरेको देखिएको छ। तर यस्तो बानि गर्नु स्वास्थ्यका लागि अत्यन्तै हानिकारक मानिन्छ।
यहाँ सम्म कि आवश्यक भन्दा बढी मात्रामा तातो चियाको सेवनले क्यान्सर हुन सक्ने प्रबल सम्भवना रहन्छ त्यसैले सावधान रहनुहोस ,र आजै देखि तातो चिया खाने आदतलाई हटाउने हर प्रयास गर्नुहोस। एक अध्ययनका अनुसार तातो चिया पिउनाले शरीरमा एसोफैगल क्यान्सरको सम्भवना बढी मात्रामा रहन्छ। अझ जो व्यक्तिले ७५ डिग्री सेल्सियस या यो भन्दा बढी तातो चिया पिउने गर्छ उक्त व्यक्तिलाई एसोफ्यगल क्यान्सर हुने सम्भवना २ गुणा बढी रहन्छ।
अनुसन्धानकर्ताका अनुसार दैनिक रुपमा ७०० मिलिलिटर तातो चिया पिउनाले क्यान्सर हुने खतरा ९० प्रतिशतले वृद्धि हुन्छ । यसका अलवा तातो कफी , हट चकलेट , या अन्य तातो बस्तुहरुको सेवन स्वास्थ्यका लागि अति नै हानिकारक रहेको पाइएको छ।
अध्ययनले यो पनि देखाएको छ कि एसोफ्यगल क्यान्सरबाट बच्नका लागि , चिया खान छोड्नु नपर्ने तर कम्तिमा पनि चिया तथा अन्य ताता खानेकुराहरु तयार भएको करिब ४ मिनेटको अन्तरालमा बिस्तारै चिसो बनाउदै खान सकेको खण्डमा बिशेष लाभ हुनेछ । यस्तो गर्नाले क्यान्सर हुने सम्भावनाबाट केहि हदसम्म बच्न सकिन्छ।