एकै महिनामा ५ केजी सम्म तौल घटाउने गज्जबको तरिका यस्तो छ !

मोटो शरीर भएको मान्छेलाई शरीरको तौल अलिकति भएपनि घटाउन पाए हुन्थ्यो भन्ने चिन्ता हुन्छ ।उनीहरुको शरीरको तौलले धेरै नै बोझ बनाएको हुन्छ । हिड्डुल गर्न देखी हरेक काममा शरीरको तौलले अप्ठेरो पारिरहेको हुन्छ ।हप्ताको १ पल्ट अनिवार्य रूपमा शरीरको तौल नाप्नुपर्छ । तौल नाप्दा बिहान नित्यकर्म सकेपछि खाना खानुभन्दा अगाडि नाप्नु उत्तम हुन्छ । तल हामीले शरीरको तौल घटाउने केही उपायहरु उल्लेख गरेका छौँ ।

क) बिहान सबेरै (नित्य कर्म सकेपछि) १ गिलास (२०० मि.लि.) कागती र तातो पानी पिउने ।

ख) बिहानको खाना (ब्रेकफास्ट)
१) १ कप दूध अथवा दूध राखेको १ कप चिया वा कफी (चिनीको प्रयोग नगर्ने)
२) कुनै एउटा फलफूल– सुन्तला, स्याउ, मेवा (केरा र आँपबाहेक)


३) २–३ टुक्रा टमाटर वा काँक्रो
४) १ पिस पाउरोटी (बढी मोटो व्यक्तिले नखाने)
५) १ वटा अण्डा
ग) दिउसोको खाना (लन्च)


१) मौसमअनुसारको तरकारीको सुप १ कप खाएर खानाको सुरुआत गर्ने ।
२) २–३ टुक्रा काँक्रो वा गाजर वा टमाटर राम्रोसँग चपाएर खाने ।
३) सुख्खा रोटी (चपाटी)– २ वटा अथवा भात १ कप


४) दाल १ सानो कचौरा ।
५) हरियो मौसमी तरकारी– १ कचौरा ।
६) हरियो सलाद– इच्छानुसार ।


७) माछा वा बोसो नभएको मासु १–२ टुक्रा ।
८) दही १ सानो कचौरा ।


९) पकाउने तेल वा घ्यूको प्रयोग जम्मा ५ ग्राम (१ चम्चा) मात्र ।

घ) दिउँसोको १ कप चिया (दूध थोरै मात्र, चिनी नराख्ने) ।

ङ) बेलुकाको खाना (डिनर) दिउँसोको खाना (लन्च) मा उल्लेख भए अनुसारकै खाद्यपदार्थहरूको प्रयोग गर्ने ।

च) सुत्ने बेला १ गिलास आयुर्वेदिक अर्थात् ज्यास्मिन चिया (दूध, चिनी नखाने) ।

एजेन्सीको सहयोगमा

प्रकाशित : मङ्गलबार, पुष २८, २०७७१८:१८

एकै दिनमा सुन्दर देखिन अपनाउनुहोस्, यस्ता उपायहरु