भोलि चैत्र १० गते मंगलबार, कस्तो रहला तपाईको दिन, हेर्नुहोस भोलिको राशिफल!

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

मन वैचारिक धरातलमा  मानसिक व्यग्रताको अनुभव गर्नुहुनेछ। अपेक्षाकृत अधिक संवेदशीलता र भावनाबाट मन आर्द्रताको अनुभव गर्नुहुनेछ। कसैसँग वाद-विवादमा नउत्रिनुहोला। आफन्त र मित्रसँग मनदुःख हुनेछ। तपाईको मानभंग हुने प्रसंग बन्नेछैन। नयाँ कार्यको प्रारम्भ नगर्नुओल। जीवनसाथीको स्वास्थ्यको विषयमा चिन्ता रहनेछ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

आर्थिक आयोजन प्रारम्भमा केहि अड़चनको साथ पूर्ण हुनेछ। मित्र-शुभेच्छकसँग भेट हुनेछ। व्यवसायिक क्षेत्रमा सहकारपूर्ण वातावरण रहनेछ । शारीरिक र मानसिक स्वास्थ्य शुभ रहनेछ। लगानी गर्नको लागी सावधानीपूर्वक गर्नुहोला । नयाँ कार्यको प्रारम्भ गर्नुहुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

दिनको प्रारम्भ शारीरिक र मानसिक स्वस्थताको साथ हुनेछ । परिवार र मित्रासँग आनन्दपुर्वक समय बिताउनुहुनेछ। खर्च अधिक नहोस् यस कुराको ध्यान राख्नुहोला। आर्थिक लाभ हुनेछ। मध्यान्नपछि पैसाको आयोजन प्रारम्भ गर्नुहुनेछ। लगानी गर्ने कार्य सम्हालेर गर्नुहोला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

पैसाको खर्च हुनेछ। आँखामा पीडा हुनेछ। मानसिक चिन्ता रहनेछ। बोली र व्यवहारमा ध्यान राख्नुहोला। मध्यान्नपछि तपाईको समस्यामा परिवर्तन आउनेछ। आर्थिक दृष्टिले लाभ हुनेछ।  शारीरिक र मानसिक परिस्थितिमा सुधार हुनेछ। पारिवारिक वातावरण आनन्ददायक रहनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

मनमा क्रोध र आवेशको भावना रहनाले  तपाईले व्यवहारमा केहि परिवर्तन आउनेछ। स्वास्थ्यको  दृष्टिकोणले दिन शुभ रहेको छ। मनमा व्यग्रता रहनेछ। परिवारसँग तथा उग्रतापूर्ण व्यवहार हुनक सक्छ। मध्यान्नपछि तपाईको मनले स्वस्थता प्राप्त गर्नेछ। परिवारसँग  खान-पानको प्रसंग हुनेछ। शारीरिक स्वास्थ्य पनि शुभ रहनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

दिन आनन्ददायक र लाभदायक रहेको छ। व्यवसाय र व्यापारको क्षेत्रमा लाभ हुनेछ। सामाजिक क्षेत्रमा तपाईको प्रशंसा हुनेछ। परिवारमा आनन्दको वातावरण रहनेछ। मध्यान्नपछि परिस्थितिमा प्रतिकूलता रहनेछ। प्रफुल्लित मन अस्वस्थ रहनेछ। स्वास्थ्य पनि स्वस्थ रहनेछ। ईश्वरको ध्यान र आध्यात्मिक विचारले मनलाई शान्ति दिनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

शारीरिक र मानसिक सुख शुभ रहनेछ। व्यवसाय वा  व्यापार उत्साहपूर्वक कार्य गर्नुहुनेछ। पदोन्नति हुनेछ।  सरकारी कार्य सरलतापूर्वक सम्पन्न हुनेछ। सामाजिक दृष्टिकोणले तपाईको मान-सम्मान बढ्नेछ। धनको लागानीको लागि समय अनुकूल रहेको छैन । परिवारमा सन्तान र श्रीमतीको तर्फबाट लाभ मिल्नेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

विरोधि र प्रतिस्पर्धिसँग वाद-विवादमा नपर्नुहोला। व्यवसाय वा व्यापारको परिस्थिति अनुकूल रहनेछैन। सन्तानसँग मतभेद होला। मध्यान्नपछि घर, कार्यालय वा व्यावसायिकमा स्थलमा उच्च कर्मचारीको व्यवहार नकारात्मक हुनेछ। सन्तानको लागी चिन्ता उत्पन्न हुनेछ। गृहस्थजीवनमा आनन्द बनिरहनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

क्रोध गर्नाले हानि होला। शारीरिक र मानसिक अस्वस्थले निराश रहनुहुनेछ।  व्यावसायिक क्षेत्रमा उच अधिकारीको व्यवहार नकारात्मक रहनेछ। सन्तानको प्रश्नको विषयमा चिन्ताले सताउनेछ। प्रतिस्पर्धि र विरोधिबाट चेतेर चल्नुहुनेछ। महत्वपूर्ण कार्यमा निर्णय नलिनुहोला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

रुचिकर आफन्तसँग घुमफिर गर्नुहुनेछ। मान-सम्मान मिल्नेछ। मध्यान्नपछि शारीरिक र मानसिक स्वास्थ्य बिग्रिनेछ। अधिक खर्च हुनेछ।  स्वभावमा  क्रोधको मात्रा अधिक रहनेछ। परिवार र सहकर्मचारीसँग मनदुखको  प्रसंग बन्नेछ । नकारात्मक विचारबात टाढा रहनुहोला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

कार्य-सफलता र यश-कीर्ति मिल्नेछ।  शारीरिक र मानसिक स्वास्थ्य राम्रो रहनेछ। सामाजिकरुपले मान-प्रतिष्ठा  वृद्धि हुनेछ। मध्यान्नपछि  मनोरंजनको कार्यक्राम हुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

दिन राम्रो तरिकाले बित्नेछ। कलाको क्षेत्रमा तपाईको अभिरुचि बढ्नेछ। मित्रसँग भएको भेटले आनन्द मिल्नेछ। विद्यार्थीको लागि शुभ दिन रहेको छ। प्रियपात्रसँग भएको भेट आनन्ददायी हुनेछ। घरमा सुख-शान्तिको वातावरण रहनेछ। मध्यान्नपछि  आर्थिक लाभ होला।  स्वभावमा  क्रोधको मात्रा अधिक रहनेछ।

प्रकाशित : सोमबार, चैत ०९, २०७७२०:२५

आज चैत्र १० गते मंगलबार, कस्तो रहला तपाईको दिन? हेर्नुहोस् आजको राशिफल!