भोलि चैत्र १४ गते शनिबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् भोलिको राशिफल !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

स्वभावमा उग्रता र जिद्दीपनलाई ध्यान राख्नुहोला।  शारीरिक मानसिक अस्वस्थता अनुभव गर्नुहुनेछ। अधिक परिश्रमको अन्तमा कम सफलताको कारण निराशा पैदा हुनेछ। सन्तानको मामलामा चिन्ता पैदा हुनेछ। पेट सम्बन्धि बिरामीबाट समस्यामा रहनुहुनेछ। यात्रामा अवरोध  आउनेछ। सरकारी कार्यमा सफलता मिल्नेछ ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

हरेक कार्य दृढ आत्मविश्वास र अटल मनोबलको साथ गरेर सफलता प्राप्त गर्नुहुनेछ। पिता वा पैतृक सम्पत्तिबाट लाभ हुनेछ। सरकार वा  आर्थिक व्यवहारबाट लाभ मिल्नेछ। विद्यार्थीले आफ्नो पढाईमा राम्रो प्रदर्शन गर्नुहुनेछ। खेलकूद र कलाको क्षेत्रमा कलाकारले आफ्नो प्रतिभा दर्शाउने मौका पाउनेछन्।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

नयाँ योजनालाई ल्याउनको लागि दिन शुभ रहेको छ। पेशा गर्ने उच्च पदाधिकारी तथा सरकारको तर्फबाट परिश्रमको शुभ फल प्राप्त गर्नुहुनेछ। भई-बहिनी तथा मित्र मण्डलसँग आनन्दपूर्वक समय बिताउनुहुनेछ। भाग्यवृद्धिको लागि अवसर खडा हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

गलत धारणा र नकारात्मक व्यवहारले तपाईको चित्तमा ग्लानिको भाव पैदा गर्नुहुनेछ। स्वास्थ्यमा विशेषरूपले आँखामा समस्या हुनेछ।  पारिवारिक सदस्यसँग मनमुटाव हुनेछ। कामको सम्बन्धमा सन्तोषको भावना रहनेछ। अनैतिक प्रवृत्ति तर्फबाट मनलाई काबूमा राख्नुहुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कामको सम्बन्धमा आत्मविश्वासको साथ निर्णय लिनुहुनेछ। पिता तथा वृद्दको सहयोग प्राप्त गर्नुहुनेछ। सामाजिक प्रतिष्ठा वृद्धि हुनेछ।  स्वभावमा क्रोध र व्यवहारमा उग्रता रहनेछ। दाम्पत्यजीवनमा मेलमिलाप रहनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

शारीरिक र मानसिक चिन्तामा दिन बित्नेछ। स्वभावमा  उत्तेजनाको कारण काम बिग्रिन सक्ला। कुटुम्ब र मित्रसँग झगडा हुनेछ। आकस्मिक धन खर्च हुनेछ। धार्मिक कार्यमा भाग लिनुहुनेछ। अदालती मामलाबाट बच्नुहोला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

दिन शुभफलदायक र लाभदायक रहनेछ। मित्रसँग भेटघाट हुनेछ। कुटुम्बसँग वातावरण आनन्दमय रहनेछ। छोरा र श्रीमतीबाट सन्तोष मिल्नेछ। पेसा व्यवसायको क्षेत्रमा आयवृद्धि हुनेछ। व्यापारमा  विकासको अवसर मिल्नेछ। अविवाहितको लागि वैवाहिक योग र दाम्पत्यजीवनमा उत्तम वैवाहिक सुख प्राप्त हुनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

गृहस्थजीवनको सार्थकता बुझ्नुहुनेछ। घरमा आनन्द उल्लासको वातावरण रहनेछ। हरेक कार्य सरलताले पूरा हुनेछ। व्यापारीको व्यापारमा राम्रो प्रद्रष्ण हुनेछ। पेसा गर्नेको लागि प्रगतिको मार्ग खुल्ला रहनेछ। उच्च पदाधिकारी तथा वृद्द्को सहयोग र प्रोत्साहन मिल्नेछ। स्वास्थ्य  शुभ रहनेछ। सन्तानको तर्फबाट सन्तोष मिल्नेछ। मानप्रतिष्ठा  वृद्धि हुनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

स्वास्थ्यको ध्यान राख्नुहोला। काम गर्न  उत्साह उमंगको अभाव रहनेछ। मन  चिन्ताले निराश रहनेछ। सन्तानको समस्या यसको कारण हुन सक्छ। व्यवसाय र पेसामा समस्या खडा हुनेछ। जोखिम विचार, व्यवहार वा आयोजन गर्नुभन्दा पहिला विचार गर्नुहोला। कार्यमा कम सफलता मिल्नेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

बोलि र क्रोधलाई नियन्त्रण गर्नुहोला  अन्यथा अनर्थ हुन सक्ला । चिसोको कारण स्वास्थ्य खराब हुनेछ। मानसिक व्यग्रताको अनुभव गर्नुहुनेछ। धन खर्चमा वृद्दि हुनेछ। निषेधात्मक कार्य तथा अनैतिक कामवृत्तिले कुमार्गमा नलगोस् यस कुराको ध्यान राख्नुहोला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

विचार, व्यवहारमा भावुकता विशेष मात्रामा रहनेछ। परिवार ऱ मित्रसँग खुशीपूर्वक दिन बिताउनु हुनेछ। तन-मनमा स्फूर्ति र प्रसन्नता रहनेछ।  व्यवसायमा वृद्धि हुनेछ। सार्वजनिक जीवनमा मान- प्रतिष्ठा बढ्नेछ।  विपरीत लिंगीय व्यक्ति  प्रति आकर्षण रहनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

कल्पनाको लोकमा  विचारणा ग्रण मन पराउनुहुनेछ। साहित्य लेखनमा सिर्जनात्मकता प्रकट गर्नुहुनेछ। विधार्थीको लागी शुभ दिन रहेको छ।  प्रेमी र प्रिय व्यक्तिसँग सानिध्य प्राप्त गर्नुहुनेछ।  कामुकता विशेष मात्रामा  रहनेछ। मानसिक सन्तुलन बनाईराख्नुहोला ।

प्रकाशित : शुक्रबार, चैत १३, २०७७२०:०५

आज चैत्र १४ गते शनिबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल !