मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
दिन आर्थिक एवम व्यावसायिक दृष्टिकोणले लाभदायी रहेको छ। धनलाभको साथसाथै लामो अवधिको लागि धनको आयोजन हुनेछ। व्यापारको साथसाथै त्यसको विस्तारको योजना बनाउनुहुनेछ। शरीर एवम मनबाट ताजा महसूस गर्नुहुनेछ। दिन मित्र वा आफन्तसँग आनन्दमय समय बिताउनुहुनेछ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
बोलीले मन्त्रमुग्ध गर्दा लाभ हुनेछ। वैचारिक समृद्धि बढ्नेछ। कुनै पनि शुभ कार्य गर्नको लागि प्रेरित रहनुहुनेछ। मिहिनेतको अपेक्षा परिणाम कम मिल्नेछ। धनको व्यवस्थित योजना बनाउनको लागि दिन सानुकूल रहनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
बौद्धिक कार्यसँग जुट्नुपर्नेछ। तर वादविवादमा नउत्रिनुहोला। तपाई संवेदनशील रहनुहुनेछ। विशेष गरेर आमा एवम् स्त्री सम्बन्धित विषयमा अधिक भावुक रहनुहुनेछ। मानसिक थकानको अनुभूति हुनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
दिन शुभ रहनेछ । नयाँ कार्यको प्रारम्भ गर्नको लाग दिन शुभ रहेको छ। मित्र एवम् आफन्तसँग भेट हुनेछ। प्रिय मित्रसँग सुख एवम् आनन्दप्राप्ति हुनेछ। पर्यटनको लागि मित्र तथा परिवारसँग योजना बनाउनु हुनेछ। मनमा प्रसन्नता छाईरहनेछ। गरिएको कार्यमा सफलता प्राप्त हुने योग रहेको छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
दिन मध्यम फलदायी रहनेछ। आर्थिक रूपले लाभदायी दिन रहेको छ। खर्च अधिक हुनेछ। परिवारको सहयोग मिल्नेछ। स्त्री मित्र पनि सहायक हुनेछ। आँखा वा दात सम्बन्धित पीडाबाट राहत मिल्नेछ। उत्तम भोजन प्राप्त हुने योग रहेको छ। मधुर बोलीले कसैको मन जित्नुहुनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
दिन मध्यम फलदायी रहनेछ। विचारको समृद्धि बढ्नेछ। लाभकारी तथा मेलमिलापको सम्बन्धमा बोलीको सहायता लिनुहुनेछ। व्यावसायिक रुपले दिन लाभदायी रहेको छ। स्वास्थ्य राम्रो रहनेछ। मन प्रसन्न रनेछ। आर्थिक लाभ लिनुहुनेछ। सुख र आनन्द प्राप्ति हुनेछ। शुभ समाचार मिल्नेछ। उत्तम वैवाहिक सुखको अनुभूति हुनेछ ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
स्वास्थ्यको ध्यान राख्नुहोला। असंयमित वा अविचारी व्यवहारले समस्यामा पर्नुहुनेछ। दुर्घटनाबाट सावधान रहनुहुनेछ। खर्च अधिक रहनेछ। व्यवसायिक व्यक्तिसँग उग्र विवाद होला। वाद-विवादमा नफस्नुहोला। आध्यात्मिकताको सहायता मिल्नेछ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
दिन लाभदायी रहनेछ। पेसा-व्यवसायमा लाभ प्राप्त हुनेछ। मित्रसँग भेट हुनेछ। प्राकृतिक स्थलमा घुम्ने योजना बनाउनुहुनेछ। विवाह योग्य युवक-युवतिले योग्यपात्र पाउनेछन्। छोरा तथा श्रीमतीबाट लाभ मिल्नेछ। उपहार मिल्दा लाभ हुनेछ। उच्च अधिकारी प्रसन्न रहनेछ। सांसारिक जीवनमा आनन्द अनुभव गर्नुहुनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
दिन शुभ रहनेछ। तपाईमा परोपकार भावना रहनेछ। अन्य मान्छेको सहायता गर्नको लागि लागि उत्सुक रहनुहुनेछ। व्यापारमा तपाईको आयोजन व्यवस्थित हुनेछ। व्यापारको कारण बाहिर बसाई हुन सक्ला। उच्च अधिकारी प्रसन्न रहनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
दिन मध्यम फलदायी रहेको छ। बौद्दिक तथा लेखनकार्यसँग सम्बन्धित प्रवृत्तिमा सक्रिय रहनुहुनेछ। साहित्यमा नवीन सिर्जन गर्ने योजना बनाउनु हुनेछ। मानसिक उद्वेगबाट समस्यामा रहनुहुनेछ। स्वास्थ्यको दृष्टिले केहि थकान वा आलस्यको अनुभव हुनेछ। सन्तानको पढाई-लेखाई तथा स्वास्थ्यको विषयमा चिन्ता रहनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
अनैतिक र निषेधात्मक कार्य तथा नकारात्मक विचारबाट टाढा रहनुहोला। अत्यधिक विचार र क्रोधले मानसिक स्वस्थतामा समस्या होला। स्वास्थ्य खराब हुनेछ । परिवारमा अनबन होला। खर्च बढ्नेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
व्यापारीको लागि उज्जवल भविष्य देख्नुहुनेछ व्यवसायमा शुभ समय रहेको छ। साहित्य सिर्जक, कलाकार र कारागारमा आफ्नो सिर्जनात्मकता निखार्नुहुनेछ। पार्टी, पिकनिकको माहोलमा मनोरंजन प्राप्त गर्नुहुनेछ। दामप्त्यजीवनमा आनन्द लिनुहुनेछ।