भोलि चैत्र १७ गते मंगलबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् भोलिको राशिफल !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

दिन गृहस्थ एवम् दाम्पत्यजीवनको लागि निकै उचित रहेको छ। जीवनसाथीसँग समय बित्नेछ।  प्रेमको सुखद अनुभव पाउनु हुनेछ। आर्थिक लाभ तथा बसाईको सम्भावना रहेको छ। विचारमा उग्रता तथा अधिकारको भावना बढ्नेछ। कार्यको प्रशंसा गर्नुहुनेछ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

दिन शुभफलदायी रहेको छ। शारीरिक एवम् मानसिक स्वास्थ्य राम्रो रहनेछ। दिन आनन्द र उल्लासमा बित्नेछ। सबै कार्य योजनानुसार सम्पन्न हुनेछ। धन सम्बन्धित लाभ रहनेछ। माईतबाट समाचार मिल्नेछ तथा माईतबाट लाभ मिल्नेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

तन एवम्  मनको अस्वस्थताको अनुभव हुनेछ। नयाँ काम सुरु गर्ने योजना बनाउनुहुनेछ। मध्यान्नपछि कार्य प्ररम्भ नगर्नुहोला। सन्तान सम्बन्धि  कार्यमा खर्च हुनेछ।  जीवनसाथीको स्वास्थ्यको चिन्ताले सताउनेछ। विधार्थीको लागी निकै राम्रो दिन रहेको छ। कामुकता अधिक रहनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

दिन अशुभ रहेको छ। आनन्द एवम् स्फूर्तिको अभाव रहनेछ। मन चिन्तातुर र अशान्त रहनेछ। घरमा झगडाको वातावरण रहनेछ। आफन्तसँग मनमुटाव होला। स्त्रीसँग मतभेद खडा हुनेछ। पैसाको खर्च हुनेछ। समयानुसार भोजन मिल्नेछैन। शान्तिपुर्वक निन्द्रा आउनेछैन।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

दिन शुभफलदायी रहनेछ। स्वास्थ्यको दृष्टिले स्वास्थ्य राम्रो रहनेछैन। कुनै सुन्दर स्थलमा घुम्न जानुहुनेछ। मित्र र आफन्तसँग भेट हुनेछ। कार्य सफलताले मित्र प्रसन्न हुनेछ । भावुक सम्बन्धको बन्धन बाध्नुहुनेछ। कलाको क्षेत्रमा विशेष रुचि रहनुहुनेछ। मानसिक रुपले स्वस्थ दिन रहनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

शुभ फल प्राप्त गर्नुहुनेछ। मिठो बोलिले कसैको मन दुख्नेछ। कार्य सिद्ध हुनेछ। परिवारमा आनन्दको वातावरण रहनेछ। परिवारसँग  सुखपूर्वक समय बित्नेछ। आर्थिक लाभ हुनेछ। बौद्दिक चर्चामा जोडिनुहुनेछ। भोजनको साथसाथै केहि मिठो खानुहुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

दिन शुभफलदायी रहेको छ। रचनात्मक र कलात्मक शक्ति निखार्नुहुनेछ। शारीरिक एवम् मानसिक स्वास्थ्यको खास ध्यान राख्नुहुनेछ। सिर्जनात्मक कार्य गर्नुहुनेछ। विचारको दृढताले कार्य पुरा गर्नुहुनेछ। आर्थिक विषयमा व्यवस्थित योजना बनाउनुहुनेछ। प्रियपात्रसँग  आनन्दपुर्वक समय बिताउनुहुनेछ। आत्मविश्वास  वृद्धि हुनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

दुर्घटनाबाट बच्नुहोला साथै  शल्यचिकित्सा नगर्नुहोला। कुराकानी गर्दा कसैसँग झगडा होला। शारीरिक कष्ट र मानसिक चिन्ताले समस्यामा रहनुहुनेछ। आफन्तसँग  झगडा होला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

दिन तपाईको लागि लाभकारी रहनेछ।  गृहस्थ जीवनको सम्पूर्ण आनन्द लिनुहुनेछ। मित्रसँग सुन्दर स्थलमा घुम्नु हुनेछ। आयमा वृद्धि हुने योग रहेको छ । स्वादिष्ट भोजन प्राप्त गर्नुहुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

व्यापार-सम्बन्धित कार्यमा लाभ हुनेछ। आय आदिको लागी दिन शुभ रहेको छ। सरकार तथा मित्र ,आफन्तबाट लाभ हुनेछ। साथै उपहार मिल्नेछ। व्यवसायिक कार्य  प्रति भागदौड बढ्नेछ। सन्तानको पढाईलेखाईमा सन्तोषको भावना रहनेछ। प्रतिष्ठा  वृद्धि हुनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

दिन मिश्र फलदायी रहनेछ।  शारीरिकरूपले अस्वस्थता अनुभव गर्नुहुनेछ। मानसिकरुपले स्वस्थ रहनुहुनेछ। शरीरमा स्फूर्ति कम रहनेछ। उच्च अधिकारी तपाई प्रति अप्रसन्न रहनेछ। विदेशबाट समाचार मिल्नेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

दिन ईश्वरभक्ति र आध्यात्मिक प्रवृत्तिमा बिताउनुहुनेछ। दिन प्रतिकूल रहेको छ। स्वास्थ्यको विषयमा विशेष ध्यान दिनुहुनेछ। व्याधिको कारण अधिक खर्च होला। परिवारसँग ध्यान राख्नुहोला। आकस्मिक धनलाभले मनको भारलाई हल्का गर्नेछ।

प्रकाशित : सोमबार, चैत १६, २०७७१७:४५

आज चैत्र १७ गते मंगलबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल !