दुई महिने छोरीलाई पिताले दिए विश्वासै गर्न नसकिने उपहार !

एजेन्सी – हरेक बाबु-आमा आफ्ना सन्तानलाई हरेक सुख दिन खोज्छन्। आफ्ना सपनालाई थाँती राखेर भए पनि आफ्ना सन्तानको इच्छा पूरा गर्ने भएकै कारण बाबु-आमाको विशेष महत्व हुने गर्छ।

यस्तै आफ्नो छोरीका लागि गरेको एक काममा कारण भारतका एक पिता चर्चामा छन्। उनले आफ्नी २ महिने छोरीलाई दिएको उपहारले धेरैलाई चकित पनि बनाएको छ।

खासमा, भारत सूरतका विजय कथेरिया नामका एक व्यापारीले आफ्नो छोरीका लागि चन्द्रमामा जग्गा किनेका हुन्। दुई महिना अगाडी मात्र जन्मिएकी छोरीलाई केहि अनमाेल उपहार दिने सोचमा रहेका विजयले आफ्नो छोरीको नाममा चन्द्रमामा जग्गा नै किनिदिएका हुन्।

छोरीलाई केहि राम्रो उपहार दिने विषयमा धेरै समय सिचेर विचार गरेपछि आफ़ूले चन्द्रमामा जग्गा किनिदिएको विजयको भनाई छ। न्यूयोर्क इंटरनेशनल लूनार रजिस्ट्री कम्पनीबाट उनले चन्द्रमामा जग्गा किनेसँगै उनकी छोरी सम्भवत चन्द्रमामा जग्गा हुने विश्वकै कान्छी बालिका पनि भएकी छन्।

काँचको व्यापार गर्ने विजय भन्छन्,”सायदै म छोरीको लागि जुन-तारा टिपेर ल्याउन सक्थें होला। तर अब मेरी छोरीको पनि चन्द्रमा घर हुनेछ।”

प्रकाशित : सोमबार, चैत १६, २०७७१३:५२

बुढी माइत गएको निउमा बुढा ५० फिटको रुखमा चढेर खुट्टा बाँधेर बसे, त्यसपछि…..