बुढी माइत गएको निउमा बुढा ५० फिटको रुखमा चढेर खुट्टा बाँधेर बसे, त्यसपछि…..

श्रीमान-श्रीमतीको झगडा हुनु र यसको कारण श्रीमती माइत जानु कुनै नौलो कुरा हैन। तर भारतको राजस्थानको धौलपुरबाट यस्तो एउटा घटना अगाडी आएको छ जसले सबैलाई चकित पार्न सक्छ। एक रिपोर्टका अनुसार मंगलबार भदोरिया पाडा मोहल्लामा एक जना मान्छेले अजिब चटक देखाए। त्यहाँका एक पुरुष ५० फिट अग्लो रुखमा चढेर रुखमा आफ्नो खुट्टा बाँधेर बस्यो। किन थाहा छ ?

किनकि उनकी पत्नी दुई वर्ष देखि माइतमा छिन् र घर आएकी छैनन्। र कसैले उसलाई यस मामिलामा सहयोग गरिरहेको छैन, जसको कारण उसले यो कदम उठाए। स्थानीय मानिसहरूले पुलिसलाई यसबारे खबर गरे। जसपछि पुलिस घटनास्थलमा पुग्यो। क्रेन र भर्यांग समेत लेराउन पर्यो। धेरै प्रयासपछि मानिस पुलिसले उक्त व्यक्तिलाई तल झार्न सफल भए।

जानकारीका अनुसार उक्त व्यक्तिले यो नाटक गर्नुको कारण उनकी श्रीमती माइतमा छिन् र घर फर्कन मानी रहेकी छैनन्। उक्त व्यक्तिको नाम लाहोरम भदौरिया हो जसकी श्रीमती संगीता बाला विगत दुई वर्षदेखि नगलामा आफ्नो माइतीमा छिन्।

उक्त व्यक्तिका अनुसार उनकी पत्नीका माइती पक्षले उनलाई बहकाएर लागेका थिए र अहिले घर फर्किन दिइरहेका छैनन्। उनले धेरै पटक पुलिससँग पनि मद्दत मागे। तर कसैले पनि उनको सहायता गरेनन्।

प्रकाशित : बुधबार, चैत १८, २०७७१८:०२

प्रेम होस् त यस्तो, क्यान्सर पिडीत प्रेमीको लागि पूरा कयियर नै छाडिन्: यसरी गरे प्रपोज [भिडियो सहित]