राहाली डोब्सनको कहानीले तपाईंलाई प्रेम गर्न प्रेरित गर्न सक्छ। उनी अष्ट्रेलियाली फुटबल खेलाडी हुन्। र उनले छिटै अनि फुटबल जगतबाट सन्यास लिने फैसला गरेकी छिन्। उनले किन यो निर्णय गरिन् थाहा छ ? आफ्नो प्रेमीको लागि। उनका प्रेमी ब्रेन क्यान्सरबाट ग्रस्त छन्। त्यसैले उनी आफ्नो प्रेमीको पूरा ख्याल राख्न चाहन्छिन्। धेरै भन्दा धेरै समय प्रेमीसँग बिताउन चाहन्छिन्। यस कारणले उनी फुटबल जगतबाट बिदा लिँदै छिन्।
उनको अन्तिम खेल अन्तर्गत नै उनका प्रेमी म्याट स्टोनहमले उनलाई प्रपोज गरेका छन्। उनी मेलबर्न सिटीको लागि खेल खेलिरहेकी थिइन्। उनको टोलीले यो खेल पनि जित्यो। यसै बीच म्याट त्यहाँ पुगे र घुँडा टेकेर औंठीका साथ राहालीलाई प्रपोज गरे। राहाली खुशीका साथ रुना थालिन् र उनले म्याटलाई अँगालो हालिन्। जस पश्चात सम्पूर्ण स्टेडियम ताली बजाउन थाले।
View this post on Instagram
रहालीले भनिन्, “म्याट र म बीच सबै कुरा सेयर हुन्छ। ६ बर्ष अघि उनलाई ब्रेन क्यान्सर भएको थियो। खेलकै क्रममा उसलाई चक्कर आएको थियो। उनी मेरो लागि मेरो खेल भन्दा निकै महत्वपूर्ण छ। म्याट नै मेरो लागि मेरो दुनिया हो।”