आखिर महिलाको शर्टमा टाँक किन देब्रेतर्फ हुन्छ त ? जान्नुहोस्

के तपाईंले कहिल्यै याद गर्नु भएको छ कि महिला र पुरुषहरुको शर्टको टाँक अलग-अलग साइडमा लगाएको हुन्छ। यदि तपाईंले अहिलेसम्म ध्यान दिनु भएको छैन भने सायद अब याद गर्नु हुनेछ। वास्तवमा, महिलाको शर्टमा टाँक बायाँ तर्फ हुन्छ, जबकि पुरुषको शर्टमा टाँक दायाँ पट्टि हुन्छ। सायद तपाईं यहि सोच्दै हुनुहुन्छ होला कि यस्तो किन ? आज हामी तपाईंलाई यसै बारे बताउँछौं…..

महिला र पुरुष शर्टको टाँक अलग-अलग साइडमा हुनुको कारणको बारेमा धेरै तर्कहरू दिइन्छ। भनिन्छ कि पुरुषहरुलाई टाँक खोल्न वा लगाउन बायाँ हातको सहारा लिनुपर्छ। त्यसैले, उनीहरुको शर्टको टाँक दायाँ तर्फ हुन्छ। अर्कोतर्फ, महिलाहरुको लागि यसको उल्टो रहेको छ।

शर्टको टाँकको साइड अलग-अलग हुनुको अर्को कारण पनि बताइएको छ। पुरानो जमानामा महिलाहरु घोडा चलाउने गर्थे जसको कारण उनीहरु बायाँ तर्फ टाँक भएको शर्ट लगाउने गर्थे ताकी हावाको कारणले तिनीहरूको शर्ट नखुलोस्। त्यसबेला देखि नै यो चलन चलेको हो भनिन्छ।

त्यस्तै, भन्नलाई यो पनि भनिन्छ कि महिलाहरुले बायाँ हातमा आफ्नो बच्चा लिने गर्छन्। यस्तोमा, बायाँ तिर शर्टको टाँक लगाउँदा उनीहरुले आफ्नो दायाँ हातले सजिलै टाँक खोलेर बच्चालाई स्तनपान गराउन सकुन्।

प्रकाशित : सोमबार, चैत २३, २०७७१८:३९

खल्तीमा यस्ता चीज राख्नाले हुन्छ अधिक खर्च, निम्त्याउँछ आर्थिक संकट !