कोरोनाको कारण १ वर्ष देखि परिवारलाई भेट्न नपाएकी ९८ वर्षीय आमाले पाइन् यस्तो सरप्राइज….

भनिन्छ बुढेसकाल एक यस्तो अवस्था हो जुन एक पटक आएपछि जाँदैन। कोरोना कालमा सबैभन्दा धेरै समस्याहरू वृद्ध मानिसलाई नै भयो। कतिपय वृद्ध मानिस एक्लो भए। उनीहरुलाई ओल्ड एज होममा बस्न पर्यो। ताकी उनीहरु यस भाइरसबाट बच्न सकुन्। लिन्डसे वासन नामक एक फोटोग्राफरले एक वृद्ध महिलाको कथा साझा गरेका छन् जो कोरोना महामारीको कारण १ वर्ष देखि आफ्नो परिवार देखि टाढा थिइन्।

उनको नाम योशिया हो जो ९८ वर्षकी भइन्। उनी विगत एक वर्ष देखि आफ्नो परिवारबाट टाढा छिन्। उनी अमेरिकाको सिटाडेलकी बासिन्दा हुन्। कोरोना कालमा उनी आफ्नो परिवारसँग एक झ्यालबाट मात्र हेर्न पाउँथिन्।

उनका छोरा मार्क विगत १ वर्ष देखि आफ्नी आमाको नजिक आउन पाएका थिएनन्। उनले बजफिड न्यूजलाई भने, “यो कठिन समय थियो। मैले उहाँलाई झ्यालबाट मात्र हेर्न पाउँथे। उनी मलाई देखेर निकै खुसी हुन्थिन्। उनलाई सुन्न र बोल्न गाह्रो हुन्थ्यो। उनी मलाई हेरेर मात्र बस्थिन्।” योशिया यस्तो ओल्ड एज होममा बस्थिन् जुन खासगरी जापानी-अमेरिकीहरूका लागि बनाइएको थियो।

विगत हप्ता मात्र यहाँका सबै मानिसलाई कोरोनाको खोप लगाईएको थियो। त्यसो भएपछि मार्कले आफ्नी आमालाई सरप्राइज दिने निर्णय गरे। उनी आफ्नी आमालाई थाहा नै नदिई उनलाई भेट्न पुगे। लिन्डसेले यसै बीच उनीहरुको फोटो खिचेका थिए। यी चित्रहरूमा एक आमाको खुशी स्पष्ट देख्न सकिन्छ।

मार्क र उनका बच्चाहरूले योशियाहको कोठा पनि सजाए। उनीहरुले आफ्नी आमालाई खुसी पार्नको लागि केहि आफ्नो परिवारको तस्बीर पनि भित्तामा लागाए। मार्कले बताए कि उनी अहिलेसम्म यति खुसी कहिल्यै भएका थिएनन्, जति उनी यो पटक आफ्नी आमाको मुख देखेर भए। मानिसहरुलाई पनि लिन्डसेले साझा गरेको यो पोस्ट निकै मन परेको छ। उनीहरुले यसमा निकै प्यारा-प्यारा कमेन्टहरु गरिरहेका छन्।

प्रकाशित : सोमबार, चैत २३, २०७७१८:३४

जन्मियो तीन लिङ्ग भएको बच्चा, संसारमै पहिलो पटक यस्तो भएको दाबी !