ग्रहहरुको राजा वैशाख १ गते बिहान २ बजेर ४६ मिनेटबाट मीन राशिको यात्रा पूरा गरेर मेष राशिमा प्रवेश गर्नेछ। यस राशिमा सूर्य १४ मे राती ११ बजेर ३७ मिनेटसम्म अवस्थित रहनेछ। मेष राशिमा प्रवेश गर्दा सूर्य सबैभन्दा शक्तिशाली हुने यसको असर पनि अत्यन्त प्रभावशाली हुनेछ। कुनै पनि मानिसको जन्म कुण्डलीमा सूर्य मजबूत छ भने उनीहरुले जीवनमा हरेक प्रकारको सुख प्राप्त गर्छन्। ज्योतिषशास्त्रका अनुसार मेष र सिंह राशिका उच्च रहन्छ। यस्तोमा, सूर्य मेष राशिमा प्रवेश गर्दा सबै १२ वटै राशिमा प्रभाव पार्नेछ।
मेष राशि
स्वराशीमा प्रवेश गर्ने सूर्यले मेष राशिका मानिसलाई अत्यधिक उर्जाशक्ति प्रदान गर्छ। सोचेका सबै रणनीतिहरू प्रभावकारी हुनेछन्। तपाईंको मान-सम्मान तथा पद प्रतिष्ठामा वृद्धि हुनेछ। स्वास्थ्यमा विशेष ध्यान दिन आवश्यक छ। कार्यक्षेत्र विस्तार हुनेछ। नयाँ कार्य सुरु गर्न वा कुनै नयाँ सम्झौतामा हस्ताक्षर गर्न चाहानुहुन्छ समय अत्यन्त शुभ रहनेछ। विद्यार्थी वर्गको लागि समय अत्यन्त शुभ रहनेछ।
वृष राशि
राशिको हानि भावमा प्रवेश गर्ने सूर्यले तपाईंको लागि मिश्रित फल प्रदान गर्नेछ। कार्यक्षेत्रमा अधिक व्यस्तता रहनेछ। अधिक खर्चको कारण आर्थिक संकटको सामना गर्नु पर्ला। स्वास्थ्यमा विशेष ध्यान दिनुहोला, विशेषगरी आँखा सम्बन्धि समस्या आउन सक्छ। आफन्त तथा साथीबाट अप्रिय खबर मिल्ने योग रहेको छ। अनावश्यक वाद-विवादमा नपर्नुहोला। विदेशी कम्पनीहरूमा रोजगार वा नागरिकताका लागि आवेदन दिन समय उत्तम रहनेछ।
मिथुन राशि
राशिको लाभभावमा प्रवेश गर्ने सूर्य तपाईंको लागि कुनै वरदान भन्दा कम हुनेछैन। हरेक कार्यमा सफलता प्राप्त हुनेछ। वरिष्ठ परिवारका सदस्यहरू र भाइहरूमाझ मतभेद उत्पन्न हुन नदिनुहोस्। सन्तानप्रतिको जिम्मेवारी पूरा हुनेछ। प्रेम सम्बन्धमा मनमुटावको स्थिति आउन सक्छ। केन्द्र वा राज्य सरकारको विभागमा अति प्रतिक्षित कार्य सम्पन्न हुनेछ। तपाईंका योजनाहरू पूर्ण नभएसम्म गोप्य राख्नुहोस्।
कर्कट राशि
राशिको दशम भावमा गोचर हुने सूर्य तपाईंको लागि अत्यन्त प्रभावशाली हुनेछ। सामाजिक क्षेत्रमा मान-सम्मान बढ्नेछ साथै तपाईंको पद-प्रतिष्ठामा पनि वृद्धि हुनेछ। कार्यक्षेत्रमा नयाँ अवसरहरु प्राप्त हुनेछन्। उच्च अधिकारीहरूको सहयोग प्राप्त हुनेछ। सन्तान सम्बन्धि चिन्ताबाट मुक्ति मिल्नेछ। नव दम्पतिको लागि सन्तान प्राप्तिको योग रहेको छ। आमा-बुबाको स्वास्थ्यको विशेष ध्यान दिन आवश्यक छ।
सिंह राशि
राशिको स्वामी सूर्य शक्तिशाली हुनाले तपाईंलाई थुप्रै अप्रत्याशित परिणाम दिनेछ। तपाईंको स्वभावमा अधिक उग्रता आउनसक्छ, त्यसैले जिद्दीपन तथा रिसलाई नियन्त्रणमा राखेर काम गर्दा सफलता मिल्ने सम्भावना उच्च रहन्छ। कार्यक्षेत्रमा उच्च अधिकारीहरुसँग मतभेद उत्पन्न हुन नदिनुहोस्। धार्मिक तथा अध्यात्मिक कार्य तर्फ रुचि बढ्नेछ। विदेशी मित्र तथा आफन्तबाट सहयोग मिल्नेछ।
कन्या राशि
राशिको अष्टम भावमा प्रवेश गर्ने सूर्यले तपाईंको लागि मिश्रित फल दिनेछ। स्वास्थ्यमा विशेष ध्यान दिनुहोला। अनावश्यक झै-झगडामा नपर्नुहोस्। विवाह सम्बन्धि वार्तालापमा हल्का ढिलाइ हुन सक्छ। दाम्पत्य जीवनमा मनमुटावको स्थिति आउन सक्छ। विद्यार्थी वर्गको लागि पनि समय त्यति शुभ नरहला, सफलता प्राप्त गर्नको लागि अधिक परिश्रम गर्नु पर्नेछ। तपाईंको पक्षमा कुनै पुरस्कार वा सम्मान घोषणा हुन सक्छ।
तुला राशि
राशिको सप्तम भावमा प्रवेश गर्ने सूर्यले प्राय: क्षेत्रमा अनुकूल असर पार्नेछ। तर दाम्पत्य जीवनमा भने कटुता आउनसक्छ। जीवनसाथीको स्वास्थ्यमा समस्या आउनसक्छ, सजग रहनुहोला। ससुराली पक्षसँग सम्बन्ध बिग्रन नदिनुहोस्। सरकारी क्षेत्रमा सफलता प्राप्त गर्नु हुनेछ। यदि तपाईं सरकारी टेंडरको लागि पनि आवेदन दिन चाहानुहुन्छ भने समय अनुकूल रहनेछ। आफ्नो अर्जाशक्तिको पूर्ण उपयोग गरेर काम गर्नुहुन्छ भने सफलता मिल्ने पूर्ण सम्भावना रहनेछ।
वृश्चिक राशि
राशिको छैठौं भावमा गोचर हुने सूर्यको कारण तपाईंले विभिन्न सफलता प्राप्त गर्नुहुनेछ। गोप्य शत्रुहरू पराजित हुनेछन्। यस अवधिमा कसैलाई अधिक पैसा ऋण नदिनुहोस्, अन्यथा आर्थिक नोक्सान हुने सम्भावना रहन्छ। व्यर्थको यात्रा र भागदौड हुनेछ। कार्यक्षेत्र विस्तार हुनेछ। आयका साधनमा वृद्धि हुनेछ। कतै रोकिएको पैसा पनि फिर्ता आउनसक्छ। कार्यक्षेत्रमा पदोन्नतीको योग रहेको छ।
धनु राशि
राशिको पाँचौं भावमा गोचर हुने सूर्यले शैक्षिक क्षेत्रमा सफलता प्रदान गर्नेछ। विज्ञान र ईन्जिनियरिङका विद्यार्थीहरूको लागि यो समय वरदान भन्दा कम छैन, त्यसैले परीक्षामा अझ राम्रो अंक प्राप्त गर्नको लागि अध्ययन प्रति विचारशील हुनुहोस्। रोमान्सको मामिलामा उदासिनता रहनेछ। सन्तान सम्बन्धि चिन्ताबाट मुक्ति मिल्नेछ। नव दम्पतिको लागि सन्तान प्राप्तिको योग रहेको छ। परिवारका वरिष्ठ सदस्यहरू र भाइहरू बीच मतभेद उत्पन्न हुन नदिनुहोस्।
मकर राशि
राशिको चतुर्थ भावमा प्रवेश गर्ने सूर्यको कारण तपाईंको जीवनमा विभिन्न उतार-चढाव आउनेछ। धेरै अप्रत्याशित परिणामहरू पनि आउन सक्छन्, जसको कारण तनाव बढ्नेछ र पारिवारिक कलह र मानसिक अशान्ति पनि बढ्न सक्दछ। साथीहरू तथा आफन्तहरूबाट अप्रिय खबर मिल्ने सम्भावना छ। आमा-बुबाको स्वास्थ्यमा विशेष ध्यान दिन आवश्यक छ। घर-जग्गा सम्बन्धि समस्याहरुको समाधान हुनेछन्।
कुम्भ राशि
राशिको पराक्रम भावमा प्रवेश गर्ने सूर्य तपाईंको लागि कुनै वरदान भन्दा कम हुने छैन। आफ्नो अदम्य साहस र सामर्थ्यको बलमा तपाईं कठिन परिस्थितिमा पनि विजयी हुनुहुनेछ। धर्म र अध्यात्ममा चासो बढ्नेछ। दाजु-भाई बीच मदभेद पैदा हुन नदिनुहोस्। विद्यार्थी वर्गको लागि समय अत्यन्त अनुकूल रहनेछ। योजनाहरू गोप्य राख्नुहोस् र अगाडि बढ्नुहोस्। विदेशी कम्पनीहरूमा सेवा र नागरिकताका लागि गरिएका प्रयास सफल हुनेछन्।
मीन राशि
राशिको धन भावमा गोचर हुने सूर्यले मीन राशिका मानिसलाई मिश्रित फल प्रदान गर्नेछ। परिवारमा कलहको वातावरण बन्नेछ। तपाईंको स्वभावमा उग्राता बढ्न सक्छ। वाणीमा संयम राख्न जरूरी देखिन्छ। यो समयमा धन हानि हुने सम्भावना उच्च रहन्छ, त्यसैले कसैलाई धेरै पैसा ऋण नदिनुहोला। स्वास्थ्यमा समस्या देखा पर्न सक्छ, खासगरी आँखा सम्बन्धि समस्याले सताउन सक्छ।