मेष (चु चे चो ला लि लु ले लो अ)
खर्च बढी नै रहला । आउनुपर्ने ठाउँबाट पनि प्राप्ति नहुँदा आर्थिक समस्या जटिल बन्नेछ । अत्यावश्यक कामभन्दा विलासिताका काममा नै बढी खर्च गर्नुपर्नेछ । व्यवसायले सामान्य सहयोगमात्र गर्ला, तैपनि साहस भने घट्नेक्रममा छैन ।
वृष (इ उ ए ओ वा वी वु वे वो)
सुरुको दिनमा अलिकति आय भए पनि अरू दिन खर्च गराउने नै खालका छन् । भोजभतेर एवम् मनोरञ्जनका लागि खर्च भइरहनेछ । मित्रहरू असलखालका भएकाले बढी पीर भने गर्नुपर्ने छैन । व्यावसायिक कामबाट सामान्य लाभ भइरहला ।
मिथुन (का कि कु घ ङ छ के को हा)
पूर्वाद्र्ध राम्रोखालको छ । सोचेकोभन्दा बढी नै फाइदा गर्न सक्नुहुनेछ । बुधबारदेखि भने केही जटिल समास्या तपाईंको सामुन्नेमा आउन सक्छ । विशेषगरी हातले समातेको व्यवसायबाट त्यति ठूलो लाभ हुने छैन । नारायणको दर्शन गरिरहनुहोस् ।
कर्कट (ही हु हे हो डा डि डु डे डो)
यो सातालाई असल नै भन्न सकिन्छ । मनमा राम्रा विचारको उदय होला तर त्यसलाई कार्य रूपमा समेत परिणत गर्न सक्नुहुनेछ । पढाइमा कम र लेखाइमा बढी समय जाला । व्यापार एवम् व्यवसायबाट गतिलै लाभ पाउनुहुनेछ । महिला मित्रबाट विशेष फाइदा लिन सक्नुहोला ।
सिंह (मा मि मु मे मो टा टी टू टे)
सोमबारसम्मका दिन त्यति राम्रा छैनन् । अनेकौँ कठिनाइको सामना गर्नुपर्नेछ । मङ्गलबारदेखि भने साहसमा वृद्धि हुनुको साथै कुनै नयाँ कामसमेत भेट्टाउनुहुनेछ । हाल यात्राको सम्भावना कम छ भने यात्राबाट फाइदा पनि देखिन्न ।
कन्या (टो पा पी पू ष ण ठ पे पो)
सुरुको दिनमा केही काम बने पनि साताका अधिकांश दिन तपाईंका लागि प्रतिकूल नै छन् । सोचेका सपना भताभुङ्ग हुन सक्छन् । त्यसैले प्रत्येक दिन शिवजीको आराधना गरिरहनुहोस् । जागिरमा समेत प्रतिकूल वातावरणको सिर्जना हुनेछ ।
तुला (रा रि रु रे रो ता ती तू ते)
साता सामान्यखालको छ । आधा काम बन्नेछन् भने आधा बाँकी नै रहनेछन् । सानो काम पूरा गर्नका लागि पनि मिहिनेत प्रशस्त गर्नुपर्नेछ । मित्रहरूको सहयोगले मात्र तपाईंलाई टेवा देला । प्राविधिक क्षेत्रमा भने विशेष सफलता पाइनेछ।
वृश्चिक (तो ना नि नू ने नो या यि यू)
निरर्थकखालको यात्रामा बढी खर्च होला । त्यसैले बढी घुमफिर गर्ने बानीलाई नियन्त्रण गर्दा राम्रो । पढाइमा साह्रै कमी आएको छ । त्यस्तै बौद्धिक स्थिति पनि हाललाई कमजोर नै देखिन्छ । वाणी निकाल्दा संयमित हुनुहोस्।
धनु (ये यो भा भी भू ध फा ढा भे)
स्वास्थ्यसम्बन्धी समस्या परेर खर्च बढ्ला । तर, आम्दानीको स्रोत पनि बलियो नै हुनाले त्यति ठूलो समस्या भने पर्लाजस्तो छैन । पढाइतिर समय दिएमा गतिलै ज्ञानको उपलब्धि हुनेछ । व्यापारको क्षेत्रमा अवरोध हाल्ने धेरै हुनेछन्।
मकर (भो जा जी जू जे जो ख खी खू खे खो गा गी)
खर्च बढी नै रहला । त्यसलाई नियन्त्रण गर्न गाह्रो छ । आफ्ना लागि भन्दा पनि परिवारका लागि नै बढी खर्च गर्नुपर्ला । स्वास्थ्यको दृष्टिकोणले पनि हाल मध्यम समय छ । विशेषगरी शनिबारको दिनमा गोडामा चोटपटक लाग्न सक्छ।
कुम्भ (गू गे गो सा सी सु से सो दा)
खर्चलाई नियन्त्रण गर्न गाह्रो छ । अनेक लाञ्छना पनि तपाईंलाई लाग्न सक्छ । रिस गर्नेहरू बढी छन् भने मद्दत दिने थोरैमात्र । भगवतीको आराधनाले मात्र त्यस्ता बाधालाई हटाउन सकिनेछ । हाललाई गणेशको दर्शनसमेत अनिवार्य देखिन्छ।
मीन (दी दू थ झ दे दो चा ची)
सुरुको दिनमा बढी खर्च गरिएला । आवश्यक काममा भन्दा मनोरञ्जनको काममा नै खर्च हुन जानेछ । यो सातामा पैसाको बचत त्यति देखिन्न । विष्णु सहस्रनामको नित्य पाठ गर्नाले त्यस किसिमका प्रतिकूल परिस्थिति हट्न सक्छन्।
-दामोदरनाथ लोहनी
ज्योतिषाचार्य

