गर्मी मौषममा खानैपर्ने यी १० तरकारी, थाहा पाउनुहोस् कति छ फाईदा ?

गर्मी मौषममा  खानपिनमा लापरवाही गर्दा स्वास्थ्यमा असर पर्छ। यस मौषममा शरीरलाई चिसो राख्नको लागि कुलर मात्र नभई डाइटमा पनि ख्याल राख्नुपर्छ। थाहा पाउनुहोस्  गर्मीको समयमा  खानैपर्ने १० तरकारीको बारेमा !

लौका – लौका  स्वादिष्ट हुनुको  साथै पोषक तत्वले भरपुर हुन्छ।  गर्मीको समयमा धेरैजसो मान्छे लौकाको तरकारी खर्नछ्न्न। लौकामा क्याल्शियम हुन्छ जुन हड्डीको लागि निकै फाइदाजनक छ। पेटसँग सम्बन्धित समस्या ,हाई कोलेस्ट्र्ल र नियमित ब्लड शुगरको लागि लौकाको प्रयोग गर्नुहोला।

हरियो सिमी – सिमी सलाद वा तरकारीको रूपमा खान सकिन्छ। सिमीमा क्यालोरी पनि  धेरै कम हुन्छ , त्यसैले यसलाई वजन घटाउनमा धेरै प्रभावकारी मानिन्छ। सिमी गर्मीमा शरीरको लागि धेरै लाभदायक हुन्छ। यसमा फाइबर पनि धेरै हुन्छ र पाचन सुधार गर्दछ। यसमा भिटामिन के हुन्छ जुन हड्डीहरूका लागि राम्रो हुन्छ। यस बाहेक यसले प्रोटीन, फलाम, जिंक र एन्टिआक्सिडन्ट्स जस्ता पोषक तत्व हुन्छ।

भेन्टा – धेरै मान्छे भेन्टाको  तरकारी वा अचार बनाएर खान्छन्।  यसलाई अन्य तरकारीहरूसँग मिसाएर पनि खान सकिन्छ।  यसमा पर्याप्त मात्रामा फाइबर हुन्छ जुनले पेट र आन्द्राको लागि राम्रो गर्छ। यस बाहेक भेन्टामा फ्लेभोनोइड्स, भिटामिन र पोटेशियम हुन्छ जुन सम्पूर्ण शरीरका लागि लाभदायक छ।

करेला- करेला खाँदा तितो भएपनि करेला शरीरको लागि निकै फाईदादायक छन्।  खासरुपमा मुटु र पेटको लागि करेलाको जुसले औषधिको रुपमा कम गर्छ। करेलामा क्याल्शियम, भिटामिन सी , आईरन र पोटेशियम हुन्छ। यसले पाचन तन्त्र र ब्लड शुगर नियन्त्रित गर्छ। यसले शरीरलाई गर्मी मौषममा चिसो राख्छ।

काक्रो –  गर्मी मौषममा सबैभन्दा धेरै खाने चीज भनेको काक्रो हो। काक्रो थुप्रै पोषक तत्वले  भरपूर हुन्छ। केहि मान्छेले यसलाई सलादको रुपमा खान्छन् भने केहिले यसलाई तरकारीमा पनि हाल्छन्। यसमा अत्यधिक पानी हुने हुनाले गर्मीमा खाईन्छ। यसमा एन्टीअक्सीडेन्ट  पनि भरपुर हुन्छ। साथै यसमा भिटामिन के र सी पनि पाईन्छ र यसले शरीरलाई  हाइड्रेटेड राख्छ।

साग – पालक, लट्टे  र पुदीना जस्ता साग  खानु गर्मी मौषमको लागि निकै फाइदादायक हुन्छ। यसलाई सूप, दाल, पराठा, सलादको रुपमा पनि डाइटमा राख्न सकिन्छ।  यो आईरन र क्याल्शियमले भरपूर हुन्छ। यसले गर्मीमा पेटलाई हल्का राख्छ।

क्याप्सिकम- हरियो, रातो र पहेलो क्याप्सिकम पौष्टिक तत्त्वले भरपूर हुन्छ । यसले खानाको स्वाद  बढाउँछन् तर  स्वास्थ्यका लागि पनि लाभदायक हुन्छ। क्याप्सिकममा फाइटोकेमिकल्स हुन्छ जसले मेटाबोलिज्म र पाचन सुधार गर्छ। यसले धेरै प्रकारको पीडाबाट पनि राहत दिन्छ। क्याप्सिकममा धेरै भिटामिन र एन्टिआक्सीडन्ट हुन्छन्।

फर्सी – फर्सी हरेकलाई मनपर्छ। फर्सी ‘ भिटामिन ए ‘ले भरपूर हुन्छ जुनले इम्यून सिस्टमलाई बलियो बनाउँछ। यसबाहेक फर्सी एन्टीअक्सीडेन्ट  र बीटा-कैरोटीनको राम्रो स्त्रोत हो जुनले शरीरको  तापमानलाई चिसो राख्छ।

गोलभेडा – नेपालमा लगभग  हरेक तरकारीमा गोलभेडाको प्रयोग गरिन्छ। सलाद, जूस,तरकारी वा सस जे मा पनि गोलभेडाको प्रयोग हुन्छ। यसको ९५ % पानीबाट बनेको हुन्छ।  त्यसैले यो खानाले शरीरमा पानीको कमी हुदैन। गोलभेडामा  लाइकोपीन हुन्छ जुनले थुप्रै रोगबाट मुक्त हुन मदत्त गर्छ।  यसबाहेक यसमा पोटेशियम र क्याल्शियम पनि हुन्छ।

गाजर- गाजर सधैँ पाईने चिज हो। यसलाई सलाद।  फ्राई वा तरकारी बनाएर पनि खान सकिन्छ। गाजरको जूस शरीरको लागि निकै फाईदादायक छ। गाजरमा भिटामिन ए हुन्छ जुनले आँखालाई निकै फाईदा गर्छ। यसमा पाईने फाइबरले  शरीरलाई भित्रबाट नै सफा गर्छ।

प्रकाशित : बुधबार, जेठ २६, २०७८१३:३३

सावधान ! तपाईका यस्ता गल्तीले गर्दा नै कमजोर हुन्छ हड्डी, छिट्टै बुढो हुन्छ ज्यान !