‘फेरि संक्रमण बढने सम्भावना छैन’

काठमाडौं । गएको जेठ मध्ययता नेपालमा घट्दो क्रममा रहेको कोभिड–१९ संक्रमण असारसम्म आइपुग्दा दैनिक तीन हजारभन्दा कमको संख्यामा झरेको छ । दैनिक संक्रमितको संख्या घट्दै गएको र निको हुनेको संख्या बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।

जेठ २६ गते बुधबारदेखि मंगबारसम्म ३० हजार १४१ जना संक्रमणमुक्त भएका छन् भने यही अवधिमा थपिने संक्रमितको संख्या १३ हजार ३८९ छ । मंगलबारसम्म आइपुग्दा नेपालमा कोभिड संक्रमणमुक्त हुनेको दर ८८.३ प्रतिशत पुगेको तथ्यांकले देखाएको छ । नेपालमा सक्रिय संक्रमितको संख्या घटेर मंगलबारसम्म ६३ हजार २५७ रहेको छ, यो कुल संक्रमितको १०.३३ प्रतिशत हो ।

पछिल्लो समय देखिएको संक्रमणको अवस्थाले यही लहरमा स्रंक्रमण फेरि बढेर जाने सम्भावना कम रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । ‘अहिलेसम्मको अवस्थालाई हेर्दा यही लहरमा फेरि संक्रमण उच्च हुने भन्ने देखिँदैन । तर, अहिलेसम्म बाहिर एक्सपोज नभएका व्यक्तिहरु संक्रमित हुने जोखिम भने कायमै छ,’ उनले भने । निषेधाज्ञा खुले पनि जनस्वास्थ्यका मापदण्ड भने पालना गरिरहनुपर्ने उनको सुझाव छ ।

-सौर्य दैनिकबाट 

प्रकाशित : बिहिबार, असार ०३, २०७८०७:०२

बगर बन्यो मेलम्ची बजार, सात जना बेपत्ता !