खुल्ने भए सबै बैङ्क, सबै किसिमका कारोबार पनि खुला ! कहिलेबाट ?

काठमाडौँ, कोरोना सङ्क्रमणले गर्दा झन्डै दुई महिना खुम्चिएको बैङ्क तथा वित्तीय संस्था सेवा असार ७ गते सोमबारदेखि भने पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ । नेपाल बैङ्कर्स सङ्घको बिहीबार सम्पन्न कार्यसमितिको बैठकमा सबै खाले बैङ्किङ कारोबार खुला गर्ने सहमति भएको छ । यो समाचार आजको गोरखापत्रमा प्रकाशित छ।

सङ्घका कार्यकारी निर्देशक अनिल शर्माका अनुसार । थानीय प्रशासनको निर्देशनलाई हेरेर बैङ्कहरूलाई पूर्ण रूपमा चलाउने निर्णय भएको हो । पछिल्लो समय बैङ्कका कर्मचारीलाई सामाजिक सुरक्षामा समेट्ने विषयमा पनि सबै बैङ्करको धारणा लिएर निष्कर्षमा पुग्ने निर्णय पनि सङ्घले गरेको उहाँले बताउनुभयो ।

निषेधाज्ञा खुुकुलो हुँदै गएकाले असार ७ गतेपछि बैङ्कहरू पूर्ण रूपमा चलाउने निष्कर्षमा बैङ्करहरू पुगेका हुन् । सरकारले पछिल्लो समय असार ७ गतेसम्म निषेधाज्ञा थप गरे पनि खुकुलो बनाएको छ ।

अहिले निषेधाज्ञा कारण शाखाहरू पनि आलोपालो छ भने निक्षेप झिक्ने र राख्ने सेवा मात्र छ । बैङ्कका शाखा पनि २ः०० बजेसम्म मात्र खुलिरहेका छन् । परिस्थित सहज भएसँगै मालपोत कार्यालय खुलेपछि कर्जा प्रवाह बढ्ने अपेक्षा गरिएको छ । यस्तै ५० हजारभन्दा कमको निक्षेप पनि स्वीकार गरिने भएको सङ्घले जनाएको छ । यसअघि बैङ्कमा भीडभाड बढेको भन्दै राष्ट्र बैङ्कको सहमतिमा ५० हजारभन्दा कमको निक्षेप नलिने बैङ्कर्स सङ्घले निर्णय गरेको थियो ।

वर्षाका कारण यसअघि रोकिएका काम पनि सक्नुपर्ने भएकाले सम्भव भएसम्म सबै सेवा उपलब्ध गराउने सहमति बनेको सङ्घले जनाएको छ । यसअघि बैङ्क तथा वित्तीय संस्थालेथानीय प्रशासनसँग समन्वय गरी असार १ गते मङ्गलबारदेखि स्थानीय प्रशासनसँग समन्वय गरी आवश्यकता अनुसारको शाखा कार्यालय खोल्न पाउने व्यवस्था गरिएको थियो । नेपाल राष्ट्र बैङ्कले गत वैशाख १९ गते र जेठ १० गते जारी गरिएको सूचना खारेज गर्दै नयाँ व्यवस्था गरेको थियो ।

प्रकाशित : शुक्रबार, असार ०४, २०७८०८:१७

त्रिविका सबै परीक्षा साउनभित्रै सक्ने तयारी !