आज असार ७ गते सोमबार, कस्तो रहला तपाईको दिन? हेर्नुहोस् आजको राशिफल!

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

सामाजिक तथा सार्वजनिक क्षेत्रमा प्रशंसा पात्र बन्नु हुनेछ। पारिवारिक जीवनमा सुख र सन्तोष अनुभव होला। बौद्धिक चर्चा होला । बोलीमा ध्यान राख्न आवश्यक छ। वैचारिक रुपले आवेशमा रहनुहुन्छ। समाधानकारी व्यवहारबाट लाभ होला।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

तपाईको दिन आनन्दपुर्वक बित्नेछ। मानसिक रुपले स्वस्थ रहनुहुन्छ। कार्य निर्धारित रुपले योजना अनुसार पूर्ण हुनेछ। आर्थिक लाभ होला। अधूरो कार्य पूर्ण हुनेछ। माईतबाट खबर पाउनुहुन्छ। सहकर्मीबाट लाभ होला।

मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

जीवनसाथी र सन्तानको स्वास्थ्यको विशेष ध्यान राख्नुहोला। कुनै पनि प्रकारको वाद-विवाद वा बौद्धिक चर्चाबाट टाढा रहनुहोला। पेट सम्बन्धित बिरामीबाट समस्यामा रहनुहुन्छ। भ्रमणको योजना बनाउनु हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

ग्लानिले मन व्यथित रहनेछ। तपाईलाई उर्जा र आनन्दको अभाव हुनेछ। परिवारसँग झगडा हुन सक्ला। पैसा खर्च हुनेछ। समयानुसार भोजन मिल्नेछैन। अनिन्द्राले सताउनेछ। छातीमा समस्या हुन् सक्ला ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

तपाईको दिन सुख-शान्तिपूर्वक बित्नेछ। आफन्तसँग रहेको भावनात्मक सम्बन्ध बुझ्न सक्नुहुन्छ। कुनै रमणीय पर्यटनस्थलमा जाने अवसर प्राप्त होला। मानसिक रूपले चिन्ता रहित रहनुहुनेछ। कार्य-सफलताको  योग छ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

परिवारमा आनन्दको वातावरण रहला। स्वास्थ्य स्वस्थ रहनेछ। बौद्धिक चर्चामा नउत्रिनुहोला। मिष्टान्न भोजन मिल्न सक्छ। अनावश्यक खर्च नगर्नुहोला। विद्यार्थीको लागि कठिन समय रहनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

व्यवस्थित रुपले आर्थिक योजना बनाउन सक्नुहुन्छ। कुनै सिर्जजनात्मक प्रवृत्ति हान सक्छ। तपाईको सिर्जनात्मक शक्ति श्रेष्ठ रहनेछ।  शारीरिक र मानसिक रुपले  स्वस्थ अनुभव गर्नुहुन्छ। दृढ विचारका साथै कार्य पूरा गर्नुहुनेछ। आत्मविश्वास वृद्धि होला ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

स्वभावमा उग्रता र बोलीमा ध्यान राख्नुहोला। शारीरिक शिथिलता र मानसिक चिन्ताले मन निराश रहनेछ। आफन्त र परिवारसँग वाद-विवाद होला।  अदालती कार्यमा सावधानी अपनाउनुहोला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तपाईको लागि लाभदायी दिन छ। आर्थिक, सामाजिक र पारिवारिक क्षेत्रमा लाभ होला। मित्र र परिवारसँग पर्यटन स्थलमा जानुहुन्छ। व्यपारमा पनि लाभ हुनेछ। परिवारमा सुख-शान्ति बनिरहनेछ। विवाहको लागि ईच्छुक व्यक्तिलाई जीवनसाथी मिल्ने योग छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

परिवार र सन्तानको विषयमा आनन्दको साथ-साथै सन्तोष अनुभव हुनेछ।  मित्र र आफन्तसँग भएको भेटले मन प्रसन्न हुनेछ। व्यवसायिक क्षेत्रमा धन तथा मान-प्रतिष्ठा  वृद्धि होला। उच्च अधिकारी प्रसन्न रहनेछन्। व्यवसायमा पदोन्नति मिल्न सक्ला।

  कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

प्रतिस्पर्धिसँग वाद-विवाद नगर्नुहोला। शारीरिक रुपले अस्वस्थता बनिरहनेछ। मानसिक रुपले भने प्रसन्न रहनुहुनेछ। व्यवसायमा उच्च अधिकारीसँग काम गर्दा सम्हालेर गर्नुहोला। पैसा खर्च हुन सक्छ। सन्तानको विषयमा चिन्ता रहनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

अनैतिक गतिविधिमा भाग नलिनुहोला। रिस र बोलीमा ध्यान राख्नुहोला। सरकार-विरोधि प्रवृत्तिबाट टाढा रहनुहोला। मानसिक रुपले  अस्वस्थ  रहनुहुनेछ। इष्टदेवको  जप-ध्यान र त्यस प्रति आस्थाले  उचित मार्ग देखाउनेछ ।

प्रकाशित : आइतबार, असार ०६, २०७८१९:३६

आज असार ८ गते मंगलबार: कुन राशिलाई शुभ र कुनलाई असुभ? हेर्नुहोस आजको राशिफल!