कंगनालाई बम्बई उच्च अदालतको झड्का !

मुम्बई । बम्बई उच्च अदालतले बलिउड अभिनेत्री कंगना रनौतले दायर गरेको उजुरीलाई खारेज गरेको छ । गीतकार जावेद अख्तरले कंगनाविरुद्ध दर्ता गरेको अपराधिक मानहानीको मुद्दालाई रद्ध गर्न कंगनाले गरेको उजुरीलाई अदालतले खारेज गरेको हो । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

गत वर्षको मार्चमा उनले यस मुद्दामा जमानत पाएकी थिइन् । अभिनेत्री कंगनामाथि गीतकार जावेदलाई आधारहीन आरोप लगाएर उनको नाम खराब गर्ने कोशिस गरेको आरोप लगाइएको थियो ।

पटक पटक अदालतमा बोलाउँदा पनि कंगना उपस्थित नभएपछि उनीविरुद्ध अदालतले पक्राउ पुर्जी नै जारी गरेको थियो । उनले गत वर्ष एक सञ्चारमाध्यममा दिएको अन्तर्वार्तामा जावेदले आफूलाई घरमा बोलाएर धम्की दिएको जिकिर गरेकी थिइन् ।

अभिनेत्री कंगनाको भनाई अनुसार अख्तरले उनले राकेश रोशन र उनको परिवारको बारेमा बोलेको कुरामा माफी नमागे जेलसम्म पठाउन सक्ने धम्की दिएका थिए । कंगनाको यो अन्तर्वार्ता आउपछि अख्तरले उनीविरुद्ध उजुरी दिएका थिए ।

जावेदको उजुरीपछि कंगनाविरुद्ध अदालतमा अपराधिक मानहानीको मुद्दा चलेको थियो । कंगनाले उक्त मुद्दालाई रद्द गर्न दिएको उजुरीलाई न्यायाधीश रेवती मोहिते डेरेको एकल इजालसले खारेज गरेको हो ।

प्रकाशित : शुक्रबार, भदौ २५, २०७८०९:१९

टीकटकमार्फत अपराध बढ्दै, यस्तो-यस्तो सम्म हुन थाल्यो !