असोज १५ गते सम्म कुन-कुन राशिलाई शुभ ? हेर्नुहोस् साप्ताहिक राशिफल !

मेष (चु चे चो ला लि लु ले लो अ)

साताको पूर्वाद्र्ध त्यति राम्रो छैन । खर्च प्रशस्त बढ्ला । मङ्गलबारदेखि मात्र केही राहत हुने सम्भावना छ । व्यापार व्यवसायबाट हाल अति नै थोरै लाभ हुनेछ । स्वास्थ्यको स्थिति भने सुध्रिएर जाला । पारिवारिक समस्यामा कमी आउन सक्छ ।

वृष (इ उ ए ओ वा वी वु वे वो)

साताको सुरुमा रमाइला क्षणहरू आउनेछन् । इष्ट मित्रहरूसँग भेटघाट हुने र भोजभतेर हुने सम्भावना बढी छ । स्वास्थ्य भने त्यति राम्रो रहला जस्तो छैन । खर्चको मात्रा घट्ने देखिन्न । शैक्षिक गतिविधि राम्रै खालको हुनेछ । परिवारसँगसमेत कुरा त्यति मिल्ने छैन ।

मिथुन (का कि कु घ ङ छ के को हा)

सुरुका दिनमा बढी खर्च होला । खास ठोस काम केही पनि होला जस्तो छैन । बौद्धिक स्थिति कमजोर खालको छ । मुखबाट निक्लेका वाणीले धेरै मित्र चिढिन सक्छन् । त्यसैले कम मात्रै बोल्नुहोस् ।

कर्कट (ही हु हे हो डा डि डु डे डो)

मध्यम खालको साता छ । आधा काम बन्ला भने आधा बाँकी रहला तर साहस भने कत्ति पनि घट्ने छैन । नयाँ खालका मित्र थपिन सक्छन् । परिवारबाट राम्रै मद्दत मिल्ला । स्वास्थ्यको स्थिति नराम्रो देखिन्न । पढाइ लेखाइमा पनि प्रगति नै हुने सम्भावना छ ।

सिंह (मा मि मु मे मो टा टी टू टे)

मङ्गलबारसम्मका दिनहरू मध्यम खालका छन् । काम गर्ने जाँगर बढ्ला भने गरेका काम सफलसमेत हुनेछन् तर खर्चलाई घटाउन सकिने छैन । प्राविधिक काममा समय दिएमा निकै लाभ हुनेछ । बौद्धिक स्थिति भने हाल त्यति परिमार्जित छैन । विपक्षीको सङ्ख्या बढ्न सक्छ ।

कन्या (टो पा पी पू ष ण ठ पे पो)

मनमा अलिअलि डर र शङ्का रहे पनि सातालाई नराम्रो भन्न मिल्दैन । खर्च बढे पनि राम्रो काममा नै हुनाले मानसिक चिन्ता त्यति देखिन्न । पढाइको क्षेत्रमा क्रमिक रूपले सुधार हुँदै आउला । जागिरतिर पनि हाल नराम्रो स्थिति छैन । पीपलको सेवा गरिरहनुहोस् ।

तुला (रा रि रु रे रो ता ती तू ते)

त्यति राम्रो साता होइन । अनेकौँ बाधा र उल् ́नलाई सहनु पर्ला । साताका पछिल्ला दिन मात्रै राम्रा खालका छन् । इष्टमित्र र परिवारको सहयोगले टेवा दिनेछ । पढाइतिर हाल ि́नो प्रगति मात्र देखा पर्छ । जागिरबाट सन्तुष्टि पाउन अ ́ै केही समय पर्खनुपर्ला ।

वृश्चिक (तो ना नि नू ने नो या यि यू)

सुरुका तीन दिन राम्रा खालका भए पनि मङ्गलबारदेखिको समय त्यति राम्रो देखिन्न । परिश्रम बढी पर्ने र लाभ थोरै हुनाले मनमा चिन्ता पर्ला । हातले समातेको व्यापार व्यवसायबाट साह्रै थोरै मात्र आर्जन गर्न सक्नुहुनेछ । नारायण एवं गणेशको सेवा गरेमा केही प्रगति होला ।

धनु (ये यो भा भी भू ध फा ढा भे)

त्यति नराम्रो खालको साता छैन । अलिकति मात्रै परिश्रम बढाएमा काम बन्न सक्छन् । शिक्षाको क्षेत्रमा केही लगानी बढ्न जाला तर त्यसको प्रतिफल राम्रै खालको हुनेछ । मुद्दा मामिला र वादविवादमा तपाईंको जित हुने निश्चित देखिन्छ ।

मकर (भो जा जी जू जे जो ख खी खू खे खो गा गी)

सुरुका दिनमा अलिकति बाधा आए पनि त्यसलाई निराकरण गर्न सकिनेछ । मङ्गलबारदेखिका दिनहरू राम्रा खालका छन् । केही नयाँ काम हातमा पर्नुका साथै मनग्गै आर्थिक लाभसमेत हुनसक्छ । जागिरबाट थोरै र अरू व्यावसायिक क्षेत्रबाट राम्रै लाभ लिन सक्नुहुनेछ ।

कुम्भ (गू गे गो सा सी सु से सो दा)

पूर्वाद्र्ध त्यति राम्रो देखिन्न । सोमबारसम्म निराशा नै बढी होला । मद्दत दिनेभन्दा रिस गर्नेहरू प्रशस्त छन् । मङ्गलबारबाट अलिकति सुधार हुनसक्छ । हाल ठूला ठूला काममा पैसाको लगानी गर्नु ठिक देखिन्न । सूर्यको नित्य दर्शन गर्नाले समस्या समाधान गर्न मद्दत मिल्नेछ ।

मीन (दी दू थ झ ञ दे दो चा ची)

मध्यम खालको साता छ । आधा काम बन्ला भने आधा बाँकी नै रहनेछ । बाधा दिनेहरू बढी र मद्दत दिनेको सङ्ख्या सीमित रहेकाले सानो सानो काम पूरा गर्न पनि समय लाग्नेछ । पढाइतिर सुधार होला र शैक्षिक गतिविधि तेजिलो खालको हुनेछ । गणेशको दर्शन गर्नुहोस् ।

-दामोदरनाथ लोहनी

ज्योतिषाचार्य

प्रकाशित : शनिबार, असोज ०९, २०७८०९:१७

आज अशोज १० गते आईतबार,राम्रो-नराम्रो कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् राशिफल !