आज महाअष्टमीको दिन , शुभ-अशुभ कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफल !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

यस दिन तपाई आफ्नो साथी समूहसँग रमाईलो गर्नुहुनेछ । मित्रसंग भेटघाट हुनेछ। नया मित्रताको कारण भविश्यमा लाभ हुनसक्नेछ । सन्तानबाट लाभ मिल्नेछ ।  सरकारी कार्यमा सफलता प्राप्त हुनेछ।

 

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

यस दिन कामदारहरूका लागि शुभ रहनेछ । नया कार्यको आयोजना सफलतापूर्वक गर्न सक्नुहुनेछ । पदोन्नति पनि हुनसक्नेछ। पारिवारिक जीवनमा मिठास छाउनेछ । तपाइको अधुरो कार्य पुरा हुनेछ।  सरकारी लाभ मिल्नेछ।

 

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कुनै पनि नया कार्य सुरुवात गर्नको लागि यस दिन अनुकुल छैन। शरीरमा थकान र आलस्य रहदा कार्य गर्न उत्साह आउदैन। पेट सम्बन्धि रोगले च्याप्नेछ। खर्च धेरै हुनेछ। महत्वपूर्ण कार्यको लागि यस दिन कुनै पनि निर्णय नलिनुहोस।

 

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

यस दिन प्रत्येक विषयमा सावधानीपूर्वक व्यवहार गर्नुपर्नेछ । पारिवारिक सदस्यको साथ विवाद नगर्नुहोस। बोली र रिसलाई संयम राख्दा अनिष्ट  हटाउन सक्षम हुनुहुनेछ। धेरै खर्च हुने सम्भावना छ। निषेधात्मक तथा अनैतिक कार्यबाट टाढा रहनुहोस।

 

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

वैवाहिक जीवनमा एक-अपसमा विवादका कारण पति र पत्नी बीच तनाव हुनेछ। जीवन साथीको स्वास्थ्य बिग्रिन सक्नेछ। सामाजिक तथा बाह्य क्षेत्रमा कुनै प्रतिष्ठा मिल्नेछैन। यदि सम्भव छ भने, व्यर्थको चर्चा वा विवादमा नपर्नुहोस्। अदालतको काममा सफलता कम हुन्छ।

 

कन्या – टो, प, पि, पु, ण, ठ, पे, पो (Virgo)

यस दिन तपाईले आनन्द र सुखको अनुभव गर्नुहुनेछ। घर र कार्यस्थलमा पनि आनन्ददायी वातावरण रहनेछ। सहकर्मीको सहयोग मिल्नेछ। रोगी व्यक्तिको स्वास्थ्यमा सुधार हुनेछ। कार्य-सम्पन्नताको कारण तपाईलाई खुसि मिल्नेछ।

 

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

तपाइको दिन मध्यम फलदायी हुनेछ। सन्तानको चिन्ताले तपाईलाई सताउनेछ। बहस वा बौद्धिक छलफलबाट टाढा रहनुहोस्। नया कार्यसुरु गर्दा सफल हुन सकिदैन। कुनै एक प्रियजनसंग भेट हुनेछ।

 

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio )

तपाइ आफ्नो  दिन शान्त मनले बिताउनुहोस्। चिन्ताजनक मन र अस्वस्थ शरीरले तपाईलाई चिन्तित बनाउँछ। आफन्तहरुसंग विवाद हुन सक्छ। आर्थिक हानि हुने सम्भावना रहेको छ।

 

धनु – ये, यो, भ, भि, भु, ध, फ , ढ, भे (Sagittarius )

नया कार्य गर्नेहरुको लागि यस दिन शुभ रहेको छ। दाजु-भाईसंगको भेटघाटमा वृद्धि हुनेछ । स्वास्थ्य राम्रो हुनेछ। भाग्य वृद्धि सम्भावना रहेको छ । कार्यमा  सफलता प्राप्त हुनेछ। सामाजिक दृष्टिबाट  मान-सम्मान मिल्नेछ ।

 

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

यस दिन तपाइको परिवारसंग झ-गडा पर्न सक्नेछ, त्यसैले आफ्नो रिसलाई संयम राख्नुहोस। शेयरमा पूँजी लगानी व्यवस्थित गर्न सक्षम हुनुहुनेछ। स्वास्थ्य मध्यम रहनेछ। विद्यार्थीहरूले आफ्नो अध्ययनमा बढी ध्यान दिनुपर्नेछ।

 

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

तपाइको दिन शुभ रहनेछ। शारीरिक तथा मानसिकरुपभाट तपाई प्रसन्न रहनुहुनेछ। भौतिक तथा आध्यात्मिक दृष्टिबाट तपाई  राम्रो अनुभव गर्नुहुनेछ।

 

मीन -, दु, थ,ञ, दे, दो, च, चि (Pisces)

यस दिन कुनै पनि लोभ या लालचमा नफस्नुहोस।  आर्थिक विषयमा धेरै सावधानी अपनाउनुहोला। ठूला लगानी गर्नु अघि ध्यान राख्नुहोस् । शारीरिक स्वास्थ्य बिग्रिन सक्नेछ। धार्मिक कार्यमा खर्च हुन सक्नेछ।

प्रकाशित : बुधबार, असोज २७, २०७८०८:१७

भोलि महानवमीको दिन: तपाईको दिन राम्रो-राम्रो कस्तो रहला? हेर्नुहोस् राशिफल!