कुम्भ राशिका जातकलाई कस्तो रहला २०२२ ? हेर्नुहोस् वार्षिक राशिफल

कुम्भ राशि – AQUARIUS (गु, गे, गो, सा, सि, सु, से, सो, द) : – ।।।। राशि चिह्न(Zodiac symbol) – कुम्भ(Water-Bearer) ।।।। नक्षत्र(Constellation) : कुम्भ तारामण्डल(Aquarius)।।।। राशि तत्त्व(Zodiac element) – वायु(Air) ।।।। राशि गुण(Zodiac quality) –  कार्डिनल(Cardinal) ।।।। राशि ग्रह (Sign ruler) – अरुण ग्रह (Uranus) ।।।। शत्रु (Detriment) : सूर्य(Sun) ।।।। राशि देवता – शनिग्रह(Saturn) / बुधग्रह(Mercury) ।।।।

कुम्भ राशिको लागि यो वर्ष सामान्य रहनेछ। घरमा शुभ तथा मांगलिक कार्यको आयोजना हुनसक्छ। रोकिएका कार्य पनि सजिलै सफल हुने देखिन्छ। मानसिक स्वास्थ्यको भने ध्यान दिनु पर्नेछ। सामाजिक क्षेत्रमा तपाईंको मान-सम्मान बढ्नेछ।

यो वर्ष कुम्भ राशिका मानिसको लागि व्यापार-व्यवसाय क्षेत्रमा अधिक अनुकूल समय रहनेछ। प्राविधिक क्षेत्रमा गरिएको लगानीले तपाईंलाई मालामाल गराउँनेछ। सेयर बजारमा संलग्न मानिसको लागि समय अनुकूल रहनेछ। इलेक्ट्रोनिक क्षेत्रका मानिसले पनि यो वर्ष लाभ उठाउनेछन्। वर्षभर नै तपाईंको आर्थिक स्थिति मजबूत रहनेछ।

प्रेम सम्बन्धमा मनमुटावको स्थिति उत्पन्न हुनसक्छ। आफन्तसँग पनि कुनै कारणले दूरी बढ्न सक्छ, सजग रहनुहोला। यो वर्ष नयाँ सम्बन्ध गठन नगरेकै राम्रो हुनसक्छ। साथी-भाई बीच पनि खतपट हुने सम्भावना रहेको छ।

रोजगारको खोजीमा रहेका मानिसले यो वर्ष सफलता प्राप्त गर्नेछन्। सरकारी क्षेत्रमा रहेका मानिसले २०२२ मा प्रशस्त लाभ उठाउन सफल हुनेछन्। कार्यक्षेत्रमा सहकर्मीसँग राम्रो सम्बन्ध नरहन पनि सक्छ। तपाईंका गुप्त शत्रु वृद्धि हुनसक्छ।

मानसिक चिन्ता बढ्न सक्छ, साथै मानसिक समस्याले पनि सताउन सक्छ। रगत सम्बन्धि समस्या पनि देखा पर्न सक्छ, सजग रहनुहोस्। चोटपटकको भय रहने हुँदा यात्रा गर्दा विशेष ध्यान दिनुहोला। खानपानमा विशेष ध्यान दिन जरूरी हुन्छ।

शिक्षा क्षेत्रमा यो वर्ष तपाईंको रुचि बढ्नेछ। वैदेशिक शिक्षाका लागि गएका मानिसको लागि यो वर्ष अत्यन्त उत्कृष्ट रहनेछ। विद्यार्थी वर्गले पूरा वर्ष राम्रो अंक ल्याउन सफल हुनेछन्।

प्रकाशित : बिहिबार, माघ २०, २०७८११:१९

भोलि परेको गणेश जयन्तीमा गर्नुहोस् यस्ता कार्य, सुख-समृद्धिले भरिनेछ घर !