बुध ग्रहको ठूलो उथलपुथल, एक महिना कुन राशिलाई कति शुभ ?

यो महिना सूर्य, मंगल र शुक्रको राशि परिवर्तन हुँदैछ। अर्कोतर्फ मंगलबार बुध पनि प्रतिगामी भएको छ। अब यसले जुन सम्म धेरै राशि चिन्हहरूलाई असर गर्नेछ। सिंह, मेष, वृष, धनु, मकर, मीन राशीका लागि जुन ३ सम्म बुधले अत्यन्तै बलियो लाभ दिने देखिन्छ। बुध मंगलबार २५ दिनसम्मका लागी वृष राशिमा वक्री भएको छ। बुध जुन ३ सम्म प्रतिगामी अवस्थामा रहनेछ। यस अवधिमा मिथुन, कन्या, तुला, वृश्चिक राशिका व्यक्तिहरूले सावधानी अपनाउनुपर्नेछ, वाणीमा संयम राख्नुपर्नेछ भने बाँकी राशिका लागि लाभको संकेत रहेको छ।

मेष राशि 

यस राशिका व्यक्तिको आम्दानी सोचेभन्दा बढी हुन सक्छ। त्यसैले आम्दानीलाई सही तरिकाले लगानी गर्नुहोस्।

वृष राशि 

बुधको प्रतिगामी कारणले यस राशिका व्यक्तिहरूले जे चाहन्छन् त्यही प्राप्त गर्नेछन्। आत्मविश्वास बढ्नेछ र करियरमा प्रगति हुनेछ।

मिथुन राशि 

यो राशिका व्यक्तिहरुको खर्च बढ्नेछ, सावधानी अपनाउनुहोला। कसैसँग अनावश्यक लेनदेन नगर्नुहोस्।

कर्कट राशि 

कर्कट राशिका व्यक्तिहरुका लागि बुध ग्रहको प्रतिगामीले सुख-सुविधामा वृद्धि ल्याउँछ। यस राशिका व्यक्तिले धन सम्पति प्राप्त गर्नेछन्।

सिंह राशि 

यस राशिका व्यक्तिहरुका लागि यात्राको सम्भावना छ, खर्च पनि बढ्ने सम्भावना छ।

कन्या राशि 

जागिरमा परिवर्तनको सम्भावना छ, यससँगै आम्दानीका स्रोतहरू बढ्नेछन्।

तुला राशि 

धन लाभ हुनेछ तर स्वास्थ्यमा विशेष ध्यान दिनु पर्ने देखिन्छ।

वृश्चिक राशि 

बुध वक्री हुनु यस राशिका व्यक्तिका लागि राम्रो हुँदैन। यी व्यक्तिहरूलाई व्यापारमा समस्या हुनेछ।

धनु राशि 

बुधको वक्री अवस्थाले यस राशिका लागि राम्रो फल दिनेछ। काममा साथीभाइको विशेष सहयोग मिल्नेछ।

मकर राशि 

यो राशिका लागि काममा बाधा आउनेछ, त्यसैले कुनै पनि काम गर्नु अघि अरुको राय लिनुहोस्। काममा अवरोध आउन सक्छ।

कुम्भ राशि 

यस राशिका व्यक्तिहरुलाई आफ्नो काममा प्रगति हुने संकेत मिलिरहेको छ। कुनै पनि प्रकारको विवादबाट बच्नुहोस्।

मीन राशि 

यो राशिका मानिसहरु आफ्नो जीवनसाथीसँग खुसी रहनेछन् र कतै घुम्ने योजना बनाउनेछन्।

प्रकाशित : बुधबार, बैशाख २८, २०७९१७:४२

कुम्भ राशिमा शनिको प्रवेशले पञ्च महापुरुष योगको निर्माण, २ राशिमा प्रत्यक्ष प्रभाव !