सञ्चारकर्मी आवश्यकता सम्बन्धि सूचना

बिगुल न्यूज– के तपाई पत्रकारिता क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुुनुहुन्छ ? के अबसरको खोजिमा हुनुहुन्छ ? आउनुहोस, तपाईको सपना हामी साकार पाछौँ । बिगुल मिडिया प्रालिद्वारा सञ्चालित नेपाल कै सर्वाधिक हेरिने एक अनलाइन न्यूज पोर्टल बिगुल न्यूज डटकम (www.bigulnews.com) का लागि दक्ष जनशक्ति आवश्यकता परेकोले सूचना प्रकाशित भएको ७ दिनभित्र आवेदन दिन सक्नुहुन्छ ।

कार्यक्रम उत्पादक – २ जना

योग्यता तथा अनुभबः सम्बधित क्षेत्र (राजनीतिक, समसामयिक तथा मनोरञ्जनको बिषय)मा कम्तिमा २ वर्ष काम गरेको । आमसञ्चार तथा पत्रकारीता विषयमा स्नातक तह वा सो सरह उतीर्ण

उद्घोषक – ५ जना

योग्यता तथा अनुभबः सम्बधित क्षेत्रमा कम्तिमा २ वर्ष अनुभव भएको तथा स्नातक तहसम्मको अध्यननका साथै तालिम प्राप्त

फोटो पत्रकार – ३ जना

योग्यता तथा अनुभबः फोटोग्राफी सम्बन्धी तालिम प्राप्त, अत्याधुनिक क्यामरा चलाउन सक्ने, फोटो पत्रकारिता सम्बन्धी ज्ञान भएको र सम्बन्धित क्षेत्रमा कम्तिमा १ वर्ष काम गरेको

संबाददाता – ३ जना

योग्यता तथा अनुभबः राजनीतिक आर्थिक सामाजिक तथा समसामयिक विषयमा समाचार सामाग्री तयार पार्न सक्ने, पत्रकारिता विषयमा कम्तिमा स्नातक अध्ययन गरेको, नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा राम्रो दक्षता भएको, कम्प्युटर सम्बन्धी राम्रो ज्ञान भएको हुनुपर्ने

बजार ब्यवस्थापक – २ जना

योग्यता तथा अनुभबः मान्यता प्राप्त शिक्षण संस्थाबाट ब्यवस्थापन बिषयमा कम्तिका स्नातक तह उतीर्ण गरी सम्बन्धित क्षेत्रमा ३ वर्ष अनुभव भएको

परीक्षाको किसिम: लिखित तथा अन्तवार्ता

तलब तथा सुविधाः श्रमजिवी पत्रकार ऐन अनुसार, योग्यता क्षमता र अनुभवको कदर हुने गरी आपसी सहमतिमा पनि निर्धारण गर्न सकिनेछ ।
आवेदन दिने अन्तिम मितिः २०७४ साउन ७ गते

योग्यता पुगेका तथा काम गर्न इच्छा हुनेले हाम्रो इमेल ठेगाना bigulnews@gmail.com मा ब्यक्तिगत विवरण (Bio Data) पठाउन सक्क्नुहुन्छ । थप जानकारीका लागि कार्यलय समयमा हाम्रो कार्यलयको फोन नम्बर ०१-४६२१५०४ मा सम्पर्क गर्न सक्नुहुन्छ । कार्यक्रम उतपादकले आफूले तयार गर्न सक्ने कार्यक्रमको नमुना प्रपोजल पनि बिबरणसँगै अनिवार्य पठाउनुपर्ने छ ।