पुजामा आरतीको महत्व र नियमबारे यस्तो भन्छ धर्मशास्त्र , हेर्नुहोस !

Leaderboard Banner

भगवानको पुजा आराधना गर्नाले मनमा शान्ति र आत्मामा सन्तुष्टि प्राप्त हुन्छ। पुजा पाठमा सबै मनोकामना पुरा गर्ने सक्ने बिशेष प्रकारको शक्ति हुन्छ। धार्मिक शास्त्र अनुसार पुजा जब सम्म सम्पन्न त्यति बेला सम्म हुदैन जति बेला सम्म हामी भगवानको आरति गर्दैनौ , यसमा पुजा र आरतीको मुख्य महत्वलाई समेत दर्शाईएको छ।  मान्यतानुसार सच्चा मनले गरेको पुजा आरती कल्याणकारी हुन्छ।

आरतीको महिमा 

बिना मन्त्र , पुजा बिधि थाहा नपाईकन गरिएको पुजा आरातिलाई पनि भगवानले सहजै स्वीकार्ने गर्दछ।  आरतीसंग धार्मिक तथा बैज्ञानिक महत्व समेत जोडिएको छ। हरेक साँझ र बिहान सुर तालका साथमा आरती गर्नु स्वास्थ्यका लागि फाइदाजनक रहेको छ।  यसले शरीरमा रक्त संचार प्रकियालाई प्रभावित पार्ने काम गर्छ।  पुजा आरतीको थालीमा दुध , घिउ , कपास , फुल , चन्दन , कपुर आदिको सामेल गराई आरतीमा मन लगाउनाले घरका आसपासका नकारात्मक उर्जा लाई हटाई सकारात्मक उर्जा ल्याउन मदत गर्छ।

आरतीको महत्व

-आरतीको महत्व र चर्चा सर्वप्रथम “स्कन्द पुराण”मा गरिएको पाइन्छ।

-आरती हिन्दु परम्परा अनुसार पुजा पाठमा एक महत्वपुर्ण कार्य हो।

-कुनै पनि पुजा,पाठ,यज्ञ,अनुष्ठानको समापन देवी देवताको आरती गरे पश्चात मात्र हुने धार्मिक मान्यता रहेको छ।

-आरती प्रक्रिया कुनै थालीमा बिशेष वस्तु राखी भगवानको सामुन्ने राखेर घुमाई घुमाई गर्ने गरिन्छ।

-थालीमा अलग अलग वस्तु राख्नुको पनि बिशेष प्रकारको महत्व रहेको छ।

-तर  यी सबै मान्यताको बाबजुत आरतीको समयमा गाइने भजन तथा स्तुतिलाई बिशेष मान्ने गरिन्छ।  जस्तो भावले आरती गरिन्छ , सोहि अनुसार पुजा प्रभावशाली हुने मान्यता रहेको छ।

आरती गर्ने मुख्य नियम

– बिना पूजा उपासना, मंत्र जाप, प्रार्थना या भजनले मात्र आरती पुरा हुन सक्दैन।

-सदैव पुजा प्रार्थना पश्चात आरती गर्नुलाई महत्वपुर्ण मानिन्छ।

– आरतीको थालीमा घिउ या कपुरको दीप प्रज्वलित समेत गर्न सकिन्छ।

-पुजाको क्रममा फुलपाती र सिन्दुरको प्रयोग गर्नुपर्दछ।

-आरतीको थालीमा ॐ को आकृती समेत बनाउनु आवश्यक हुन्छ।

आरतीको क्रममा भगवानको चरण कमलमा ४ पटक , नाभीमा २ पटक , मुखमा एक पटक र सम्पूर्ण शरीरमा ७ पटक घुमाउनु आवश्यक हुन्छ।

मनोकान्क्षा पुरा गर्नका लागि कसरी गर्ने त आरती 

भगवान बिष्णुको आरातीमा पहेलो फुल राख्ने

देवी र हनुमानको आरतीको लागि रातो फुलको प्रयोग गर्ने

शिवजीको आरतीको लागि फूलका साथमा बेलपत्रको पनि प्रयोग गर्नुलाई शुभ मानिन्छ

घरमा नियमित रुपमा गरिने आरतीमा पहेंलो रंगको फुल राख्नुलाई उत्तम मानिन्छ।

 

प्रकाशित : शुक्रबार, जेठ ०३, २०७६१२:३८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नारदमुनी आजीवन अविवाहित रहनु कारण यस्तो रहेछ , हेर्नुहोस !