कोरोना संक्रमित भन्दा निको हुनेको सङ्ख्या बढी !

काठमाडौँ –  पछिल्लो २४ घण्टामा थप १ हजार ९२० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा पीसीआर मार्फत कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ७ लाख ४७ हजार ४३३ पुगेको छ भने एन्टिजेन विधिबाट ८० हजार २०९ जनामा संक्रमण पुष्टि भएको छ।

थप ९ हजार ४४३ जनाको पिसिआर परीक्षण तथा ३ हजार ७३ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकामा पिसिआर विधिबाट १ हजार ७०२ तथा एन्टिजेनबाट २१८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

हालसम्म पिसीआर परीक्षण गराउनेको सङ्ख्या ३८ लाख ३० हजार ६९१ जना पुगेको छ । हालसम्म ६ लाख ९८ हजार १७३ जना कोरोना भाइरसबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर २ हजार २४८ सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ९३ दशमलप ४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या ३८ हजार ७५१ रहेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर जनाको कोरोना संक्रमणको कारण २४ जनाको ज्यान गएको पुष्टि भएको छ। योसँगै हालसम्म कोरोना संक्रमणका कारण ज्यान जानेको सङ्ख्या १० हजार ५०९ पुगेको छ।

प्रकाशित : आइतबार, भदौ ०६, २०७८१६:३५

भारतमा कोरोनाबाट संक्रमित हुनेको सङ्ख्या ३ करोड नाध्यो !