पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डो युभेन्टस छोड्न चाहन्छन् किनकि उनी लियोनल मेस्सी पेरिस सेन्ट जर्मेन पसेपछि क्रोधित छन् र टुरिनमा अर्को सिजन बस्न चाहँदैनन्। इटालीका केहि रिपोर्टहरुका अनुसार रोनाल्डोका एजेन्ट जोर्जे मेन्डेसले प्रिमियर लिग च्याम्पिय सिटीलाई मात्र २५ मिलियनमा अनुबन्ध गर्न अफर समेत दिएका छन्।
मेस्सी २१ वर्षपछि बार्सिलोना छाड्दै पीएसजीसँग अनुबन्धित भएसँगै सारा फुटबल जगत चकित बनेको थियो। आर्थिक कठिनाइका कारण बार्सिलोनामा रहन असम्भव भएपछि ३४ वर्षीय स्ट्राइकरले पीएसजी रोजेका हुन्। यस्तोमा, इटालियन पत्रिका ला रिपब्लिकाको एक रिपोर्ट अनुसार मेस्सी पीएसजीसँग अनुबन्ध भएको कारण रोनाल्डोको आत्म-सम्मान नष्ट भएको छ र उनी अब रियल म्याड्रिड वा म्यानचेस्टर सिटीको अफर स्वीकार गर्न तयार रहेका छन्।
तर रियल वा सिटी कुनै पनि क्लबबाट रोनाल्डोका लागि कुनै पनि प्रकारको अफर भने आएको छैन। रियल म्याड्रिडको प्रमुख लक्ष्य मिसन एम्बाप्पे रहँदा सिटीको सबै द् ध्यान टोटनह्याम स्टार ह्यारी केनलाई अनुबन्ध गर्नमा रहेको छ। मेस्सीले पीएसजीसँग सम्झौता गरेकै कारण म्यानचेस्टर युनाइटेडबाट ६ वर्ष खेलेका रोनाल्डो क्लबको चिर-प्रतिद्वन्दी सिटीसँग खेल्न पनि तयार रहेको बताइन्छ।
रोनाल्डो र युनाइटेड बीच सधैं नै निकै राम्रो सम्बन्ध रहेको क् छ, जसको कारण सिटीसँग अनुबन्ध हुनु रोनाल्डोको पूर्व क्लब रेड डेभिलका लागि धोका साबित हुनसक्छ। त्यस्तै, एक स्पेनिस रिपोर्टका अनुसार रियल म्याड्रिड प्रशिक्षक कार्लो एनसीलोटी पनि रोनाल्डोलाई अनुबन्ध गर्न इच्छुक रहेका छन्।