युभेन्टससँग भविष्यलाई लिएर बढ्दो अटकलहरुका बीच टोटेनह्याम हट्सपर क्रिस्टियानो रोनाल्डोलाई अनुबन्ध गर्ने आश्चर्यचकित दावेदारको रुपमा उभिएको छ। युभेसँगको सम्झौता २०२२ मा अन्त्य हुने रोनाल्डोको टुरिनमा दीर्घकालीन भविष्य अनिश्चिततामा डुबेको छ।
३६ वर्षीय स्ट्राइकरको नाम म्यानचेस्टर युनाइटेड, पीएसजी, रियल म्याड्रिड र म्यानचेस्टर सिटीसँग जोडिदै आएको छ। यसैबीच गत हप्ता स्वयम् रोनाल्डोले सामाजिक सञ्जाल मार्फत यसबारे आफ्नो चुप्पी तोड्दै आफू आफ्नो काममा मात्र केन्द्रित भएर लागेको बताएका थिए। तर गयारती सरी-ए पहिलो चरणको उडिनेसे विरुद्धको खेलमा सुरुवाती ११ मा नदेखिएपछि उनको भविष्य बारे पुनः चर्चा सुरु भएको छ।
प्रारम्भिक रिपोर्टका अनुसार रोनाल्डोले युभेन्टसका प्रशिक्षक मासिमिलियानो एलेग्रीलाई आफूलाई उडिनेसे विरुद्ध सुरुवाती ११ मा सुरु नगर्न ‘अनुरोध’ गरेका थिए। अब, स्पोर्ट इतलिया सीईओ मिशेल क्रिससिएलो दावी गर्छन् कि पोर्चुगल कप्तानको युभेन्टसमा कार्यकाल समाप्त भएको छ र टोटेनह्याम उनको लागि “सम्भावित गन्तव्य” हुन सक्छ।
“एलेग्री युभे फिर्ता आए देखि नै रोनाल्डो उनको मुख्य योजनामा दिएनन्, र रोनाल्डो पनि खुसी छैनन्। कालो र सेतो जर्सीमा रोनाल्डोको चक्र समाप्त भयो, यसको पुष्टि उडिनेमा आइपुगेको छ। टोटनह्याम सम्भावित गन्तव्य हुनसक्छ,” उनले भने।
लन्डन क्लब आफ्नो आक्रमण चुस्त बनाउने तयारीमा रहेको छ, विशेषगरी क्लब कप्तान ह्यारी केन म्यानचेस्टर सिटी जाने बढ्दो चर्चा बीच। तर क्लबले यस सिजनको च्याम्पियन्स लिगमा छनौट हुन नसक्दा रोनाल्डो अनुबन्ध गर्न निकै कठिन हुने देखिन्छ।